कोरोनाका कारण अमेरिकामा ३४ हजार बढीको मृत्यु ,विश्वभर मृत्यु हुनेको संख्या १ लाख ४५ हजार नाघ्यो

आजभोलि

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५ सय २१ पुगेको छ ।

संक्रमितको संख्या २१ लाख ८२ हजार १ सय ९७ पुगेको छ । जसमध्य ५ लाख ४७ हजार २ सय ९५ जना उपचारपछि घर फर्किएका छन् ।

अहिले १४ लाख ८९ हजार ३ सय ८१ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५६ हजार ६ सय २ को अवस्था गम्भीर छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार १ सयभन्दाबढीले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ ।

अमेरिकामा एकैदिन २९ हजार १ सय ७७ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार ५ सय ७० पुगेको छ ।

त्यस्तै स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ सय १५ पुगेको छ । १ लाख ८४ हजार ९ सय ४८ संक्रमित भएका छन् ।

यस्तै इटलीमा २२ हजारभन्दा धेरै, फ्रान्समा साढे १७ हजार ९ सयभन्दा धेरैको ज्यान गएको छ । यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय ४८ पुगेको छ भने १३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

  • ५ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !