जापानमा देशव्यापी सङ्कटकाल घोषणा, मे ६ तारिखसम्म कायम रहने

आजभोलि

जापानका प्रधानमन्त्री सिन्जो आवेले कोरोना भाइरसको संक्रमण लगातार बढ्ने क्रम जारी रहेपछि सङ्कटकाललाई देशव्यापी विस्तार गरेका छन् ।

सङ्कटकाल आगामी मे ६ तारिखसम्म कायम रहने प्रधानमन्त्री आवेले जानकारी दिए । सिमाना पार गरेर एक ठाउँबाट अर्को ठाउँ तर्फ जाने कार्यलाई नियन्त्रणका लागि देशव्यापी सङ्कटकाल घोषणा गर्नुपरेको उनको भनाई छ । योसँगै अब गभर्नरहरुले नागरिकलाई घरमै बस्ने आदेश दिन पाउने भएका छन् ।

घर भित्रै बस्नका लागि बाध्यकारी कानून लागु गर्ने वा सजायको पनि व्यवस्था भने हुने छैन ।

प्रधानमन्त्री आवेले यसअघि अप्रिल ७ मा केन्द्रीय राजधानी टोकियो र अन्य छ क्षेत्रमा मात्रै सङ्कटकालको घोषणा गरेका थिए ।

प्रधानमन्त्री आवेले पहिलो चरणमा घर बाहिर भिडभाड नगर्न र घर भित्रै बस्न आम नागरिकलाई आह्वान गरेका थिए । तर त्यो आह्वान सन्तोषजनक रुपमा पालना नभएपछि उनले सङ्कटकालको घोषणा गर्नुपरेको हो ।

उनले हरेक जापानी नागरिकलाई एक लाख जापानी येन नगद उपलब्ध गराउने घोषणा पनि गरेका छन् ।

जापानमा कोरोनाका कारण शुक्रबार बिहानसम्म नौ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने १ सय ९० जनाको मृत्यु भएको छ ।

  • ५ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !