लकडाउनको फाइदा उठाउँदै सडकमा मस्त सिंहका बथान

आजभोलि

सीएनएन/बीबीसी

कोरोना महामारीका कारण विभिन्न देशमा लकडाउन भएसँगै मानिसको आवतजावत बन्द भएका छन् । तर, जंगली जनावरले भने लकडाउनको फाइदा उठाइरहेका छन् ।

मानव अतिक्रमणकोका कारण जंगली जनावर लकडाउन बेला आफ्नो प्राकृतिक बासस्थानमा रमाइरहेका दृश्य देखिएका छन्।

वेल्स (बेलायत) मा बाख्राको बथान होस् वा इटालीमा जंगली बँदेलको हुल– संसारका विभिन्न मुलुकबाट जंगली जनावरका मनमोहक क्रिडाको तस्बिर सार्वजनिक भएका छन्।

यही क्रममा दक्षिण अफ्रिकाको क्रूगर राष्ट्रिय निकुञ्जले केही यस्ता तस्बिर सार्वजनिक गरेको छ । जसमा जंगलको राजा सिंहहरू शान्त जंगलमा रमाइरहेका देखिन्छन्। 

निकुञ्जभित्र सडकमा घाम तापिरहेका सिंहको बथान यति शान्त मुद्रामा छन्, उनीहरूलाई त्यहाँका रेञ्जर रिचर्ड सौरीले फोटो खिचिरहेको पनि परवाह छैन।

‘यी सिंहहरू यहाँ आउने प्रायः पर्यटकको नजरमै पर्दैनन्। यस्तरी बाटोमै डुलिरहेको देखिनु त विरल घटना हो,’ क्रूगर निकुञ्जले बुधबार ट्वीट गरेको छ, ‘आज मध्याह्न सिंहको बथान रेस्ट क्याम्प बाहिरको सडकमा आरामले पल्टिरहेको देखियो।’

सामान्य दिनमा यो निकुञ्ज पर्यटकले भरिएको हुन्छ। मानवीय चहलपहलले डराएर जंगली जनावरहरू लुकिछिपी बस्छन्। कोरोना भाइरस रोकथाम गर्न दक्षिण अफ्रिकाले मार्च २५ देखि लकडाउन गरेपछि क्रूगर निकुञ्ज पनि बन्द छ। फोटो : क्रूगर राष्ट्रिय निकुञ्ज

  • ६ बैशाख २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !