के चीनले कोरानाभाइरसका कारण मृत्यु भएकाको तथ्यांक लुकाएकै हो ?

आजभोलि

चिनियाँ अधिकारीले वुहानमा कोरोनाका कारण थप १२ सय ९० जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेका छन् । चीनमा कोरोनाभाइससका कारण मृत्यु भएकाको यो संख्या सार्वजनिक गरिएको थिएन ।

यो तथ्यांक सार्वजनिक भएसँगै चीनमा कोरोनाभाइरसका कारण मृत्यु भएकाको संख्या लुकाएको आशंकालाई पुष्टी गरेको छ । चीनलाई कोरोनाभाइरसका कारण मृत्यु भएकाको वास्तविक आकडा सार्वजनिक नगरेको आरोप लाग्दै आएको छ ।

अप्रिल १७ सम्म चीनमा ३३ सय ४२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको थियो । शुक्रबार मृतकको संख्या १२ सय ९० थपेपछि अब चीनमा मृतकको संख्या ४६ सय ३२ पुगेको  छ । पहिले वुहानमा २५ सय ७९ को मृत्यु भएको रिपोर्ट सार्वजनिक गरिएको थियो । अब वुहानमा मृतकको संख्या ३८ सय ६९ पुगेको छ ।

चिनिया अधिकारीहले यी मृत्युहरू शुरूमा गणना नगर्नुको कारण उनीहरू घरमै मरेको बताएका छन् । स्वास्थ्यकर्मीहरु मृतकको संख्या गणना गर्नुभन्दा पनि उपचारमा नै केन्द्रित भएकाले यस्तो भएको उनीहरूको दाबी छ ।

चीनमा कोरोनाकोका मृत्यु हुनेको तथ्यांक परिवर्तन गरेको यो पहिलोपटक भने होइन । जनवरी र फरबरीमा पनि उनीहरुले तीनपटक तथ्याकं परिवर्तन गरेका थिए । यसरी समय समयमा मृतको संख्याबारे तथ्यांक परिवर्तन गरिनुले चीनले वास्तविक तथ्यांक लुकाएको आशंकालाइ थप पुष्टी गरेको छ ।

यसैबीच अमेरिकाको खुफिया एजेन्सीले कोरोनाभाइरस बजारबाट नभई चीनको ल्याबबाट फैलिएको हुनसक्नेबारे अनुसन्धान सुरु गरेको छ । यद्यपी यसबारे कुनै निष्कर्ष भने निकालिएको छैन ।

अमेरिकाले यो भाइरस बायो हतियार भएको कुरामा विश्वास गर्दैन तर अमेरिकाको खुफियाले कोरोनाभाइरस चीनको ल्याबमा उत्पादन गरिएको र दुर्घटनावश बाहिर आएको भन्ने सिद्धान्तबारे अनुसन्धान गरिरहेको छ ।

अमेरिकाले चीनको ल्याबमा दुर्घटनावश कोही व्यक्ति संक्रमित भएका कारण वा कमजोर ह्याण्डलिङका कारण कोरोना भाइरस फैलिएको हुनसक्ने सिद्धान्तको तथ्य जाँच गर्न शुरु गरेको छ ।

  • ६ बैशाख २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !