लकडाउन र सरकारी षडयन्त्र

आजभोलि

भरत पोखरेल

सन १९७४–७५ मा इन्दिरा गान्धीको निरंकुशता यति बढ्यो कि प्रतिपक्ष राजनीति टिक्नै गाह्रो भयो । सत्तासँगै इन्दिरा गान्धीले प्रतिपक्षको सडक पनि कब्जा गरिन । भारतमा आपतकाल लागिु गरियो । इन्दिरा गान्धीको आपतकालको विरोध गर्न प्रतिपक्षी पार्टीहरू ठाउँठाउँमा बेलुका केही समय बत्ती निभाउने, ताली बजाउने, थाल ठटाउने, घण्टी बजाउने, शंख फुकेर जनतालाई आपतकालको विरोध गर्न आव्हान गर्थे । त्यो बेलाका भारतमा काँग्रेसका र नेपालमा पञ्चायतका प्रतिपक्षी अहिले सत्तामा छन् ।

दुबै देशका सत्ताधारी सडक पनि कब्जा गर्ने दाउमा कोरोना भाइरसको बहानामा आफ्ना असक्षमता लुकाउन देशबासीलाई गुमराह गरिरहेका छन् । भारतमा मोदीले अप्रिल ५ मा बेलुका ९ बजे ९ मिनेट बत्ती निभाउने, ताली र थाली बजाउने घोषणा गरेका थिए । नेपालमा अप्रिल १३ नयाँ वर्षको दिन विहान ८ बजे राष्ट्रिय गान गाउने, ताली बजाउने स्याल हुइयाँ चलाइयो । भोलिपल्ट तराईको सिरुवा (जुडशीतल) पर्वको दिन सी. के. राउतले यस्तै कार्यका लागि आव्हान गरेका थिए । भारत र नेपालमा लकडाउनको बेला सत्ता विरोधी बुद्धिजीवीहरूलाई जेल चलान गर्ने षडयन्त्र जारी छ । जी. एन. साइबाबा, वरवर राव, आनन्द तेलतुम्बडे, गौतम नवलखा भारतमा बन्दी बनाइएका छन् भने नेपालमा सांस्कृतिक कर्मी माइला लामा कैदी जीवन विताइरहेका छन् ।

अमेरिकामा मुमिया अबु जमाल वर्षौदेखि जेलमा छन् । राजनीतिकर्मी, सेलिब्रेटी लेखक, रेडियो पत्रकार मुमिया अबु जमाल सन १९८१ मा फिलाडेल्फियाको एकजना पुलिस अफिसर डेनियल फकनरको हत्याको अभियोगमा १९८२ देखि जेल जीवनमा छन् । उनको रिहाइको लागि ३७ वर्षदेखि विश्वका मानव अधिकारकर्मीहरू आवाज उठाइरहेका छन् । हालै जुली शाको नेतृत्वमा उनको रिहाइको लागि फिलाडेल्फियामा ३२ जनाले हस्ताक्षर अभियान चलाएका थिए । भारतका मानव अधिकारकर्मी, दिल्ली विश्वविद्यालयका प्राध्यापक जी. एन. साइबाबा मे ९, २०१४ देखि केन्द्रीय कारागार नागपुरमा कैदी जीवन विताइरहेका छन् । उनको रिहाइको लागि भारत, क्यानाडा, नेपालका बुद्धिजीवीहरू अपिल गरिरहेका छन् ।

जनबरी १, २०१८ मा एलगर परिषदले शौर्यगाथा अभियान मनाउने क्रममा महाराष्ट्रको भीमा कोरेगाउँ घटनासँग जोडेर भारतका ९ जना ख्यातिप्राप्त बुद्धिजीवीहरूलाई जुन–अगस्त २०१८ मा गिरफ्तार गरेर मुद्दा चलिरहेको छ । महाराष्ट्रको जेलमासँगै बसेका वर्नन गोन्साल्वसले ८० वर्षीय प्रख्यात कवि वरवर रावको स्वास्थ्य अवस्था चिन्ताजनक छ भनेर सूचना दिए पछि कवि गुलजार साहित्यकार अशोक वाजपेयी लगायत ४० जनाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे र र राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष न्यायमूति एच. एल. दुत्तु मार्फत रिहाइको माग गरेका छन् ।

गरिब दलित परिवारका मेधावी आनन्द तेलतुम्बडे प्रसिद्ध इंडियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट अहमदावादका विद्यार्थी हुन् । भारत पेट्रोलियमको कार्यकारी निर्देशक, आइआइटी खडकपुरका प्राध्यापक, गोवा इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्राध्यापक, भारतको राष्ट्रिय मानव अधिकार (सीपीडीआर) का महासचिव, अन्तर्राष्ट्रिय स्तरका ३० पुस्तकका लेखक उनलाई पनि भीमा कोरेगाउँ केसमा पक्राउ गरिएको गरियो । त्यसैगरी मानवअधिकारकर्मी, भारतको प्रसिद्ध जर्नल इकोनोमिक एण्ड पलिटिकल वीकलीका सम्पादकीय सल्लाहकार, नेपालको गणतान्त्रिक आन्दोलनका सहयोगी गौतम नवलखालाई पनि भीमा कोरेगाउँको घटनामा तेलतुम्बडे जस्तै सर्बोच्च न्यालयले मार्च १६, २०२० मा याचिका खारेज गरेर तीनहप्ता (अप्रिल ६, २०२०) भित्र आत्मसर्पण आदेश गर्यो ।

भारतका ३२ वटा संघसंस्था मार्फत प्राध्यापक, लेखक, कलाकार, पत्रकार, मानवधिकारकर्मी, न्यायकर्मी, बुद्धिजीवीहरूले उनीहरूको जीवनरक्षाका लागि कोरोना भाइरसको समयमा अपिल गरेका छन् । नेपालमा पनि जी. एन. साइबाबा, वरवर राव, आनन्द तेलतुम्बडे, गौतम नवलखा नेपालका सांस्कृतिककर्मी माइला लामा लगायत राजवन्दीहरूको रिहाइका लागि प्राध्यापक, लेखक, साहित्यकार, पत्रकार, बुद्धिजीवीहरूले अपिल गरेका छन् । भारतको फासिवादी भारतीय जनता पार्टीको सरकारले जनताको हितमा बोल्ने बुद्धिजीवीहरूलाई अर्बन नक्सलको आवरणमा गिरफ्तार गरिरहेको छ तर हाम्रो देश नेपालमा कम्युनिस्टको सरकार कम्युनिस्टहरूलाई नै किन गिरफ्तार गरिरहेको छ ?

आलेखमा उल्लेख भएका विचार तथा तथ्यहरु लेखकसँग सरोकार राख्दछन् । लेखकका निजी हुन् । आजभोलि मिडियासँग सम्बन्धित छैनन् । 

  • ६ बैशाख २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !