भावुक बलदेव !

आजभोलि

योगिश कृष्ण

बलदेवको मूड फरक थियो । प्रफुल्ल आवाज ” दाजु ,मेरो एउटा अन्तर्वार्ता लिऊ न । केही नभए फेसबूकमा मात्रै पोस्ट गरिदेऊ” । ” किन बलदेव ? के भयो ? ” उसले भन्यो ” मूड फरेस छ । मौसम पनि ठिक छ । परिवार र दुई जना चेला छन् । यस्तो मौसममा एक आध गिलास चढाउन मजा आउँछ । चेलाहरूले दुई चार अद्धाको बेबस्था गरेको छ । बिक्री नभएर मुर्गा सस्तो छ ।

मुर्गापालक को बेहाल देखेर चेलवाले दुई चार वटा सस्तोमा किनेछ । बस जम्दै थियौ । मन भावुक भयो । अनि दाजुलाई फोन गरेको ।वास्तवमा भन्ने हो भने म भावुक हुं । म जुन बेला पनि भावुक हुन सक्छु । भवुकता मेरो खुबी हो । हृरिया अघि कुखुरा काट्दै र्हियो , म भावुक भएं – कठै , यो कुखुराको जीवन ? मनले भन्यो कि यो पनि एक किसिमको सहादत हो । यसले अरुको लागि जीवन अर्पण गरेको छ । यसको र यसका साथीहरूको त्याग सम्झेर मेरो मन भावुक भएको छ । ”

एक सुर्को पिएको आवाज फोनमा सुनियो ” ब्वाइलर पनि कमालको चिज हो ,भुक्रोमा एउटा सिङ्गो हालेको तयार भैसकेछ । यसरी परिवार र चेलासंग बस्दा त मेरो भावुकताले उचाई छुन्छ । दाजु , उच्च “अस्तर”को भावुकता । सोच्दछु , सैन्टिसले भावुकता नाप्ने मेसिन बनाएको भए मेरो भावुकता कस्तो छ , अनि था हुन्थ्यो । केही चपाए जस्तो आवाज सुनियो । एक छिनपछि उसले भन्यो , “आगोमा पोलेको बोइलर को टेस्ट गज्ज्ब को हुन्छ ।

दाजु , यो कुखुरा को जीवन सम्झेर मन त हुक हुक गर्छ । एक छिन अघि जिउँदो थियो । अहिले हामी चपाउंदै छौ ।आह । ” यसै बीच उसको आदेश सुनियो ” पुग्दैन भने अर्को पनि काट । हेर दाजु , अब अर्को कुखुरा पनि काटिनेवाला छ । कठै । ” दारुको नशामा बलदेव भावुक भएको होइन, ऊ नाटक गर्दै थियो । उसको इशारा अरुतिर थियो। सत्ता र बिनाश्रम प्राप्त धनबाट उत्पन्न हुने भावुकताको मजा विचरा बलदेवले के बुझोस ?

  • ६ बैशाख २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !