नेपालमा थप ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२ पुग्यो, निको हुनेको संख्या ५

आजभोलि

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ मन्त्रालयले बिज्ञप्ती मार्फत पुष्टी गरेको हो ।

उदयपुरबाट संकलन गरिएको स्वाव नमुना परीक्षणलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । उदयपुरको त्रियुगा नगरपालिकामा कोरोना संक्रमण परिक्षण गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यस्तै अहिलेसम्म मुलुकभर ३६ हजार ७ सय १९ वटा नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट ८ हजार ७ सय ६३ र आरडिटी विधिबाट २७ हजार ९ सय परीक्षण भएको मन्त्रालयका प्रवक्ता बिकाश देवकोटाले जानकारी दिए ।

प्रदेश नम्बर १ मा आरडिटी विधिबाट २ हजार ६ सय २०, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ९८ र बागमती प्रदेशमा ५ हजार १ सय ५७ नमुना परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ४ हजार १ सय ८३, प्रदेश नम्बर ५ मा २ हजार ४ सय ८३ कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८ र सुदुरपश्चिममा ६ हजार १ सय ७७ परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

अहिले देशभरी नै क्वारेन्टाइनमा ७ हजार ६७ जना रहेका छन् । उपत्यकामा ६ जना र उपत्यका बाहिर १ सय १ गरी १ सय ७ जना आइसोलेसनमा रहेका छन् । यसैबीच सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ३४ वर्षिय युवक मंगलबार साँझ उपचार पछि निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या ५ पुगेको छ । धनगढी उपमहानगरपालिका–५ घर भएका उनी ३० दिनअघि अस्पताल भर्ना भएका थिए ।

  • ९ बैशाख २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !