कोरोनाबाट विश्वभर १ लाख ८४ हजारभन्दा बढीको मृत्यु,२६ लाख भन्दा बढी संक्रमित

आजभोलि

विश्वका २ सय १० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये सात लाखभन्दाबढी निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ७ जनाको मृत्यु भएसंगै विश्वभर मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २ सय १७ पुगेको छ ।

एकैदिन विश्वभर ७९ हजार ९ सय ५९ जना संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २६ लाख ३७ हजार ६ सय ७३ पुगेको छ ।

जसम्ध्य १७ लाख ३१ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५६ हजार ६ सय ८० जना अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ४७ हजार ६ सयभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा आठ लाख ४८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा अमेरिकामा २३ सयभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै इटलीमा २५ हजारभन्दा धेरै, स्पेनमा साढे २१ हजारभन्दा धेरै, फ्रान्समा २१ हजारभन्दा धेरै र बेलायतमा १८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेकोे छ । सङ्क्रमणबाट ६ सय ८१ जनाको ज्यान गएको र चार हजार तीन सय ७० जना निको भएका छन् ।

  • ११ बैशाख २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !