नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो, डिस्चार्ज हुनेको संख्या ९

आजभोलि

नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार बिहीबार २ जना कोरोना संक्रमित थपिएका छन् । जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ पाइएको हो ।

बिहीबार मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले निको हुनेको संख्या ९ पुगेको बताए । पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला निको भएर घर फर्केको उहाँले जानकारी दिए ।

बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ३४ हजार ५ सय २३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार १ सय ९९ परीक्षणहरु भएका छन् । कुल दुवै विधिबाट ४३ हजार ७ सय २२ वटा परीक्षणहरु भएका छन् ।

त्यसैगरी आजसम्म आइसोलेसनमा देशभरी ८६ जना रहेका छन् । क्वारेन्टाइनमा १० हजार ५ सय २३ जना रहेका छन् ।

  • ११ बैशाख २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !