भोजपूरमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ४८ पुग्यो

आजभोलि

भोजपुरमा एक जनामा कोरोना संक्रमण भेटिएको छ ।

बिहीबार साँझ थप एक जनाको परीक्षण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले बताए।

भोजपुरका हथुवागढीका गाँउपालिकाका २६ वर्षीय एक पुरुषको परीक्षण पोजेटिभ देखिएको हो। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ। उपचारबाट घर फर्कनको संख्या दश पुगेको छ।

यसअघि सर्लाहीका १४ वर्षीय किशोर र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो। यससँगै नेपालमा कोरोना संक्रमित ४८ भएका छन्। जसमा १० जना निको भएर घर फर्किएका छन्।

  • ११ बैशाख २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !