कोरोनाका कारण विश्वभर एकैदिन ६ हजार बढीको मृत्यु, अमेरिकामा मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

आजभोलि

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २७ लाख नाघेको छ ।

२४ घण्टाको अवधिमा ८३ हजार ८ सय २९ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या २७ लाख २५ हजार ३ सय ४४ पुगेको हो ।

सङ्क्रमितमध्ये सात लाख ४५ हजार ८ सय १८ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट हालसम्म एक लाख ९१ हजार ५५ जनाको ज्यान गएको छ । एकैदिन ६ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमणले सबैभन्दा धेरै प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ५० हजार २ सय ४३ पुगेको छ ।

अमेरिकामा एकैदिन ३० हजार ७ सयभन्दा बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ लाख ८६ हजार ७ सय ९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ८५ जार ९ सय २२ जना उपचारपछि निको भएका छन् । त्यस्तै बेलायतमा मृत्यु हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको छ । स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ ।

  • १२ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !