सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा दैनिक ७५ जनालाई डायलासिस सेवा

आजभोलि

भक्तपुरको सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लक डाउनको समयमा पनि डायलासिसका विरामीलाई सेवा दिइरहेको छ ।

लकडाउनका कारण सुरुका दिन डायलासिसको समय घटाएको भएपनि अहिले केन्द्रले नियमित सेवा दिइरहेको छ । ३० वटा डायलासिस मेसिनबाट सेवा दिइरहेको केन्द्रमा अहिले दैनिक ७५ जना मृगौलाका विरामीले डायलासिस सेवा लिइरहेका छन् ।

दैनिक तीन सिफ्ट गरेर मृगौलाका बिरामीहरुको डाइलासिस गर्दै आएको केन्द्रले जनाएको छ । अहिले केन्द्रका चिकित्सक तथा नर्सहरुको आलोपालो गरेर सेवा दिइरहेका छन् । लकडाउनको दुई हप्ता पर्याप्त सामान मौज्दात नहुने डायलासिसको समय घटाइएको थियो । तर अहिले सबै व्यवस्थापन गरेर सबै बिरामीको तीनपटक नै डाइलासिस गर्ने गरेको केन्द्रकी नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पना श्रेष्ठ जानकारी दिईन् ।

केन्द्रमा डाइलासिस गराउने प्रतिक्षासूचीमा भने एकसय ८७ बिरामीहरु रहेको अस्पतालले जनाएको छ ।

  • १२ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !