विश्वभर कोरोनाका कारण १ लाख ९७ हजार भन्दाबढीको मृत्यु,अमेरिकामा ९ लाख २५ हजारबढी संक्रमित

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमितको संख्या २८ लाख नाघेको छ ।

२ सय १० देश र दुई पानी जहाजमा फैलिँदा २८ लाख २९ हजार ९ सय ३४ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ७ लाख ९८ हजार ६ सय २८ जना यपचारपछि निको भएर घर फर्किएका छन् ।

१ लाख ९७ हजार भन्दा बढीको मृत्यु भएको वल्डओमिटरले जनाएको छ । गएको २४ घण्टामा १ लाख ३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ६ हजारभन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमित र ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ ।

अमेरिकामा मात्रै ९ लाख २५ हजार ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ५२ हजार १ सय ८५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको वल्डओमिटरले जनाएको छ ।

यस्तै इटालीमा साढे २५ हजारभन्दा बढी, स्पेनमा साढे २२ हजारभन्दा बढी, फ्रान्समा २२ हजारभन्दा बढी र बेलायतमा साढे १९ हजारभन्दा बढीको ज्यान गएको छ ।

  • १३ बैशाख २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !