बागलुङकी १९ वर्षीया युवती कोरोनालाई जितेर डिस्चार्ज

आजभोलि

नेपालको पाँचौ कोरोना सङ्क्रमित बाग्लुङकी १९ वर्षीया युवती उपचारपछि निको भएर घर फर्किएकि छिन्।

धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत १९ वर्षीया युवती कोरोना भाइरस मुक्त भई अस्पतालबाट शुक्रबार राति डिस्चार्ज भएकी हुन् ।

छैठौं पटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी उनलाई चैत १५ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । उनी अस्पतालबाट डिस्चार्ज भएपछि पनि २ हप्ता होम क्वारेन्टाइनमै बस्नुपर्ने अस्पतालले जनाएको छ ।

यसअघि ती युवतीसँगै बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ बर्षीया मनकुमारी पौडेल कोरोनालाई जितेर ६ बैशाखमा घर फर्किएकी थिइन् । नेपालमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । जसमध्ये ११ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

  • १३ बैशाख २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !