काठमाडौं । झापामा थप एक जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
यसका साथै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ। आइतबार नै वीरगन्जका दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो। १६ जना संक्रमित भने निको भएर घर फर्किएका छन्।