कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघ्यो,३० लाख ६२ हजारबढी संक्रमित,९ लाखभन्दा धेरै निकाे भए

आजभोलि

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई लाख ११ हजार ६ सय ६ पुगेको छ ।

विश्वका २ सय १० मुलुक र २ वटा पानीजाहाजमा फैलिएको कोरोना भाइरसबाट ३० लाख ६५ हजार ३ सय ७४ जना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ९ लाख २२ हजार ३ सय ८९ जना उपचारपछि निको भएर घर फर्किएको वल्डओमिटरले जनाएको छ ।

त्यस्तै १९ लाख ३१ हजारबढीको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये ५६ हजार ३ सय जना अर्थात् ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ ।

ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ । अमेरिकामा मात्रै १० लाख १० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा साढे ५६ हजार ७ सय भन्दा धेरैको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ८ सय ३३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या १० लाख १० हजार ३ सय ५६ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये १ लाख ३७ हजार ७३९ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ८ लाख १३ हजार ६६५ जनामध्ये १४ हजार १७५ जनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै इटलीमा साढे २६ हजारभन्दा धेरै, स्पेनमा साढे २३ हजारभन्दा धेरै, फ्रान्समा २३ हजारभन्दा धेरै र बेलायतमा २१ हजारभन्दा धेरैको ज्यान गएको छ ।

  • १६ बैशाख २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !