२४ घन्टामा २ हजार ३ सय ६७ जनाको कोरोना परीक्षण

आजभोलि

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म कोरोनाको आशंकामा ५७ हजार १ सय ८९ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ११ हजार ५ सय २४ जनाको पिसिआर र ४५ हजार ६ सय ६५ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।

प्रदेश १ मा ४ हजार ८ सय ८१, प्रदेश २ मा ५ हजार २ सय ९८, बागमतिमा ८ हजार २ सय १७, गण्डकीमा ५ हजार ३ सय ४३, प्रदेश ५ मा ३ हजार ६ सय ७१, कर्णालीमा ५ हजार २ सय ६९ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ९ सय ८६ जनाको आरडिटिबाट परीक्षण भएको छ।

कोरोनाको आशंकामा हाल मुलुकभर ८७ जना आईसोलेसनमा भर्ना भएका छन्। जसमध्ये ४ काठमाडौं उपत्यका भित्र र ८३ जना बाहिरका छन्। मुलुकभर हाल २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा २ हजार ४ सय ७८, प्रदेश २ मा १ हजार ४ सय ४, बागमतिमा ६ सय ११, गण्डकीमा ६ सय ९४, प्रदेश ५ मा १२ हजार ५ सय १५, कर्णालीमा ३ हजार ९ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ३६ जना क्वारेन्टाइनमा छन्।

यस्तै आज थप तीन जना नयाँ संक्रमित भेटिएका छन्। यससंगै नेपालमा संक्रमितको संख्या ५७ पुगेको छ। संक्रमितमध्ये १६ जना निको भइसकेका छन्।

  • १७ बैशाख २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !