देशका १७ अस्पतालमा पीसीआर विधिबाट कोरोनाको परीक्षण सुरु

आजभोलि

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको परीक्षण दायर बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारबाट देशभरका १७ अस्पतालबाट पोलिमरेज चेन रियाक्सन पीसीआर विधिबाट परीक्षण सुरु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार शनिबार विराटनगरस्थित कोसी अस्पतालसँगै त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार ९८ जनाको नमुना परीक्षण भएका छन् भने र्यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० विधिबाट ४८ हजार ५ सय २९ नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा १२ सय ५२ नमुना परीक्षण भएको छ।

२४ घण्टामा परीक्षण भएका नमुनामा सबै रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिनुए । मन्त्रालयका अनुसार अहिलेसम्म ५९ जना संक्रमित छन्।

जसमध्ये १६ जना निको भएर डिस्चार्ज भएका छन् भने ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको देवकोटाले बताउनुभयो । सातै प्रदेशमा गरेर २२ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा छन् । उपत्यकामा चार र बाहिर ८५ गरेर ८९ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

  • २० बैशाख २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !