कोरोनाबाट अमेरिकामा ६७ हजार बढीको मृत्यु, विश्वभर ३४ लाख ७९ हजारबढी संक्रमित

आजभोलि

कोभिड १९ को सङ्क्रमणका कारण हालसम्म विश्वभर २ लाख ४४ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ ।

दुई सय १० भन्दाबढी देश र दुई वटा पानी जहाजमा भाइरस फैलिँदा ३४ लाख ७९ हजार ८ सय भन्दा बढीमा सङ्क्रमण पुष्टि भएकोमा ११ लाख ८ हजारभन्दा बढी उपचार पछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस सङ्क्रमण भएर उपचार गराइरहेका मध्ये गम्भीर अवस्थामा रहेकाहरुको सङ्ख्या भने घट्न थालेको छ ।

कोरोनाको उपचार गराइरहेका मध्ये ३ प्रतिशतको स्वास्थ्य अवस्था गम्भीर रहँदै आएकोमा अहिले २ प्रतिशतभन्दा केही बढी मात्र गम्भीर रहेको कोरोना भाइरसबारे तथ्याङ्क अध्यावधिक गराइरहेको वेबसाइट वल्डोमिटरले जनाएको छ ।

अहिले उपचार गराइरहेका २१ लाख २७ हजारभन्दा सङ्क्रमितमध्ये ५० हजारभन्दा बढीको अवस्था गम्भीर रहेको जनाएको छ ।

त्यस्तै मृत्यु हुने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ ।अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ६७ हजार ३ सय ९६ पुगेको छ । यस्तै ११ लाख ५९ हजार ५ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै स्पेनमा २५ हजारभन्दा बढी, ईटाली र बेलायतमा २८ हजार भन्दाबढी र फ्रान्समा २४ हजारभन्दाबढी मृत्यु भएको छ ।

  • २१ बैशाख २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !