कोरोनाबाट भारतीय लोकपाल सदस्य त्रिपाठीको मृत्यु, मृतकको संख्या १२२३ पुग्यो

आजभोलि

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या १ हजार २ सय २३ पुगेको छ ।

भाइरस संक्रमितको संख्या ३७ हजार ७ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गएको २४ घण्टामा कोरोनाका कारण १ सय जनाले ज्यान गुमाएसँगै मृतकको संख्या १ हजार ३ सय २३ पुगेको हो ।

२६ हजार ६ सय ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १० हजार भन्दाबढी जना उपचारपछि निको भएर घर फर्किएका छन । सार्क मुलुकमा पनि भारत भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।

यस्तै भारतीय लोकपालका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना संक्रमणबाट शनिबार राति मृत्यु भएको छ ।

अप्रिल दुई तारिखमा स्वास्थ्यमा समस्या आएपछि ६२ वर्षीय त्रिपाठीलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।

  • २१ बैशाख २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !