विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५२ हजार नाघ्यो,४४ हजारबढी संक्रमित

आजभोलि

विश्वभर कोरोना भाइरस संक्रमणका कारण साढे दुई लाखभन्दा बढीको मृत्यु भएको छ ।

गएको २४ घण्टामा मात्रै ३८ सय भन्दा धेरैकोे मृत्यु भएसंगै हालसम्म मृत्यु हुनेको संख्या दुई लाख ५२ हजार ३ सय ६६ पुगेको हो ।

सोमबार मात्रै विश्वमा ७७ हजार ५ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिका सबैभन्दा बढी संक्रमित भएका छन् । सोमबार मात्र अमेरिकामा ११ सय १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै छ कोरोनाको कारण मृत्यु हुनेको संख्या ६९ हजार ९ सय २१ पुगेको छ।

अमेरिकामा हालसम्म १२ लाख १२ हजार ८ सय ३५ जना संक्रमित भएका छन्। यस्तै इटलीमा २९ हजार भन्दाबढी, बेलायतमा २८ हजार ७ सय ३४ , फ्रान्स र स्पेनमा २५ २५ हजार भन्दाबढीको मृत्यु भएको छ ।

यसैबीच विश्वभर ३६ लाख ४४ हजार ८ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्य ११ लाख ९४ हजार ८ सय ७२ जना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरले जनाएको छ ।

  • २३ बैशाख २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !