कोरोनाका कारण २ लाख ५८ हजार बढीको मृत्यु, ३७ लाख २४ हजार बढी संक्रमित

आजभोलि

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २ सय ९५ पुगेको छ ।

विश्वका २ सय १२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यस भाइरसबाट ३७ लाख २६ हजार ७ सय ४ जना संक्रमित भएका छन् । जसमध्ये १२ लाख ४१ हजार ९ सय भन्दाबढी जना उपचारपछि निको भएर घर फर्किएका छन् । २२ लाख २६ हजार ४ सय भन्दाबढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार २ सय ४८ जनाको अवस्था गम्भीर रहेको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । यो निको हुनेको संख्या मृत्यु हुनेको भन्दा ४.८० गुणा बढी हो ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा ७२ हजार २७१जनाको मृत्यु भएको छ ।त्यस्तै बेलायतमा २९ हजार ४२७, इटलीमा २९ हजार ३१५, स्पेनमा २५ हजार ६१३, फ्रान्समा २५ हजार ५३१ जनाको मृत्यु भएको छ ।

  • २४ बैशाख २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !