कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ६५ हजार नाघ्यो,अमेरिकामा मात्रै ७४ हजार बढीको मृत्यु

आजभोलि

विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ६५ हजार ७६ जना पुगेको छ ।

विश्वका २ सय १२ देश र २ वटा पानीजहाजमा फैलिएको उक्त भाईरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ लाख २२ हजार ८ सय ६० पुगेको छ । सङ्क्रमितमध्ये १३ लाख २ हजार ८ सय ९१ जना उपचारपछि निको भएर घर फर्किएका छन्। २२ लाख ५५ हजार ८ सय ९३ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ४८ हजार दुई सय ११ जनाको अवस्था गम्भिर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । अमेरिकामा मात्रै १२ लाख ६३ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएकोमा ७४ हजार सात सयभन्दा बढीको मृत्यु भएको छ । हालसम्म दुई लाख १२ हजार नौ सयभन्दा बढी उपचारपछि निको भएका छन् ।

त्यस्तै स्पेनमा दुई लाख ५३ हजार ६ सयभन्दा बढी, इटलीमा दुई लाख १४ हजार चार सयभन्दा बढी, बेलायतमा दुई लाख एक हजारभन्दा बढी , फ्रान्समा एक लाख ७४ हजार एक सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

  • २५ बैशाख २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !