कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघ्यो, एकैदिन ९५ हजार भन्दाबढी संक्रमित

आजभोलि

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघेको छ ।

बितेको २४ घण्टामा ५ हजार ५ सय १२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ लाख ७० हजार ७ सय ९ पुगेको हो ।

एकैदिन ९५ हजार भन्दाबढी नयाँ संक्रमित थपिए संगै कोरोनाको संक्रतिको संख्या ३९ लाख १६ हजार २ सय ४४ जना पुगेको हो ।

संक्रमितमध्ये १३ लाख ४१ हजार २ सय ३९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २३ लाख ४ हजार २ सय ९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उपचाररत मध्ये ४८ हजार ९ सय ५८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

त्यस्तै, अमेरिकी मुलुकमा कोरोना संक्रमितको संख्या १२ लाख ९२ हजार ६ सय २३ पुगेको छ । एकैदिन ३२ हजार ९ सय ७ जनामा नयाँ संक्रमण फेला परेको छ । हालसम्म कोरोनाकै कारण ७६ हजार ९ सय २६ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण अमेरिकी मुलुकमा पनि एकैदिन १५ हजार २ सय ३१ जनामा नयाँ संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय ४२ पुगेको छ । मृतकको संख्या १३ हजार ५ सय ३२ पुगेको छ ।

अफ्रिकी मुलुकमा ५५ हजार २ सय ६३ मा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म २ हजार ८० जनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियासहित ओसियान मुलुकमा १ सय १८ जनाले ज्यान गुमाएका छन् । हालसम्म ८ हजार ४८९ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाटा शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २ सय १२ देशमा फैलिएको छ ।

  • २६ बैशाख २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !