भारतमा कोरोना संक्रमितको संख्या ८२ हजार नजिक,२ हजार ६ सयबढीको मृत्यु

आजभोलि

छिमिकी मुलुक भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ६ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ९८ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या २ हजार ६ सय ४९ पुगेको छ ।

एकैदिन थप ३ हजार ९ सय ४२ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८१ हजार ९ सय ९७ पुगेको छ ।जसमध्य २७ हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन् ।

संबmमित मध्य ५१ हजार ३ सय ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मार्च २४ देखि लकडाउन जारी गरिए पनि कोरानाको संक्रमण फैलिने क्रम नरोकिएपछि क्रमिक रुपमा खुकुलो बनाउँदै लगिएको छ ।

यसैबिच, भारतीय वित्तमन्त्री निर्मला सीतारमणले प्रवासी मजदुरलाई आगामी दुई महिनासम्म रासनकार्ड नभए पनि निस्शुल्क रासन उपलब्ध गराउने बताएकी छन् ।

वित्तमन्त्री सीतारमणले बिहीबारको प्रेस कन्फरेन्समा सबै मजदुरलाई निस्शुल्क खाद्यान्‍न उपलब्ध गराउने बताएकी हुन् ।

  • २ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !