अमेरिकामा मात्रै कोरोनाबाट ८६ हजार ९ सय बढीको मृत्यु,विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

आजभोलि

कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाख ३ हजार ७१ पुगेको छ ।

विश्वका विभिन्न देशमा गरी ४५ लाख २१ हजार भन्दा बढी सङ्क्रमण पुष्टि भएकामा १७ लाख २ हजार भन्दाबढी उपचारपछि निको भएका वर्ल्डओमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २ सय ५९ जनाको मृत्यु भएका छन् भने ९४ हजार ३ सय ४ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

२५ लाख १६ हजारभन्दा बढीको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् जसमध्य दुई प्रतिशत अर्थात साढे ४५ हजार जनाको अवस्था जटिल रहेको र बाँकी २४ लाख ७१ हजारभन्दा धेरैको अवस्था भने सामान्य छ ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा साढे १४ लाख ५६ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ८६ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ ।

यस्तै बेलायतमा ३३ हजार बढी, इटालीमा ३१ हजार बढी, स्पेनमा २७ हजार भन्दाबढी र फ्रान्समा २७ हजार ४ सय भन्दा बढीको मृत्यु भएको ।

  • २ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !