भारतमा ९० हजारमा कोरोनाको संक्रमण,२८ सयबढीको मृत्यु,मध्य प्रदेशका ९ जिल्ला कोरोनामुक्त

आजभोलि

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय १८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ हजार ८ सय ७१ पुगेको छ । एकै दिन थप ४ हजार ८ सय ६४ जनामा संक्रमण देखिएसँगै भारतमा कुल संक्रमितको संख्या ९० हजार ६ सय ४८ पुगेको वल्डोमिटरले जनाएको छ ।

कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिएको छ ।

यसैबिच, मध्य प्रदेशका नौ जिल्लालाई कोरोनामुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ ।

मुख्य सचिव मोहम्मद सुलेमानले प्रदेश अन्तर्गतका नौ जिल्लालाई प्रदेश सरकारले कोरोनामुक्त जिल्ला घोषणा गरेको जानकारी दिए ।

उनका अनुसार कोरोनामुक्त घोषित जिल्लाहरुमा बरवानी, अगर मलवा, शाजपुर, शेओपुर, अलिराजपुर, हार्डा, शाहडोल, टिकमगढ र बेटुल रहेका छन् ।

यी जिल्लाहरुमा अहिलेसम्म कोरोनाबाट संक्रमितहरु नदेखिएपनि कोरोनामुक्त जिल्ला घोषणा गरिएको उनको भनाइ छ । राज्यभरी कोरोनाभाइरसको सङ्क्रमण भएको छ की छैन भनेर परिक्षण गर्ने क्रम अत्यधिक बढाइएको पनि सचिव सुलेमानले जानकारी दिए ।

  • ४ जेष्ठ २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !