कोरोनाबाट विश्वभर ४७ लाख १६ हजारबढी संक्रमित, ३ लाख १२ हजारबढीको मृत्यु

आजभोलि

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सख्या ३ लाख १२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ हजार २ सयबढीको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ लाख १२ हजार ३ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा ९३ हजार ५ सय ८३ जनामा संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ४७ लाख १६ हजार ९ सय ९३ पुगेको वल्डोमिटरले जनाएको छ ।

संक्रमितमध्ये १८ लाख १० हजार ८७ जना उपचारपछि निको भएका छन् । २५ लाख ९४ हजार ५ सय २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ८ सय भ्नदाबढीको अवस्था गम्भीर रहेको छ ।

कोरोना महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा ८९ हजारभन्दा बढीको मृत्यु भएको छ भने १५ लाख ७ हजार भन्दाबढी संक्रमित भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २४ हजार २ सय ९० जनाको मृत्यु भएको छ । ७ लाख ७८ हजार ४७ जना संक्रमित भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय १९ जनाको मृत्यु भएको छ भने ८ हजार ६ सय ३८ जना संक्रमित भएका छन् ।

  • ४ जेष्ठ २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !