भारतमा लकडाउन ३१ मे सम्म लम्बियो

आजभोलि

भारत सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउनको अवधि ३१ मेसम्म थपेको छ ।

भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई थप १४ दिनका लागि बढाउने निर्णय गरेको हो । गत ४ मेदेखि गरिएको तेस्रो चरणको लकडाउनको अवधि १७ मे मा पूरा भएको छ ।

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमितको संख्यामा वृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत शुक्रवार भिडियो कन्फरेन्समार्फत् विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग लकडाउन थप्ने वा नथप्ने सम्बन्धमा छलफल गरेका थिए ।

धेरैजसो मुख्यमन्त्रीहरुले संक्रमणको जोखिम कम नभएको हुँदा आर्थिक गतिविधिलाई क्रमशः सुचारु पार्दै लकडाउनलाई निरन्तता दिनुपर्ने सुझाव दिएका थिए ।

मुख्यमन्त्रीहरुले दिएको तिनै सुझावका आधारमा लकडाउन लम्बाउने निर्णय गरिएको हो ।

  • ४ जेष्ठ २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !