कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २० हजार नाघ्यो,४८ लाख ९० हजारबढी संक्रमित

आजभोलि

गत वर्षको डिसेम्बर अन्तिमदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २० हजार १ सय २५ जनाको मृत्यु भएको छ ।

विश्वका २ सय १३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोनाका कारण ४८ लाख ९० हजार ६ सय ८० जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९ लाख ७ हजार ३ सय ६१ जना उपचार पछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय १८ को मृत्यु भएको छ भने ८६ हजार ६ सय ७९ जनामा संक्रमण पुष्टि भएको वल्डोमिटरमा उल्लेख छ ।

२६ लाख ६३ हजार १ सय ९४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ७ सय ६६ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९१ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ । १५ लाख ५० हजार २ सय ९४ जना संक्रमित भएका छन् ।

यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दाबढी २ लाख ९० हजार ६ सय ७८ जना संक्रमित भएका छन् भने २ हजार ७ सय २२ जनाको मृत्यु भएको छ ।

यस्तै,बेलायतमा ३४ हजार ७ सय भन्दा बढी, इृटालीमा ३२ हजार बढी, फ्रान्समा २८ हजार बढी, स्पेनमा २७ हजार बढीको कोरोनाबाट मृत्यु भएको छ ।

  • ६ जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !