विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार नाघ्यो,५१ लाख ८९ हजारबढी संक्रमित

आजभोलि

कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ३३ जनाको मृत्यु भएसंगै कुल मृत्यु हुनेको संख्या ३ लाख ३४ हजार ७४ जना पुगेको हो । ५१ लाख ५८ हजार १ सय ७८ संक्रमित मध्य २० लाख ७८ हजार ५ सय भन्दाबढी उपचार पछि निको भएका छन् ।

४५ हजार ६ सय बढी संक्रमितको स्वास्थ्य अवस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको वल्डोमिटरमा उल्लेख छ ।

करिव ५ महिना देखि फैलिएको कोरोनाको महामारीले सबैभन्दा बढी अमेरिकामा ९६ हजार २ सय ९५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २७ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १६ लाख २० हजार ४ सय ५७ पुगेको छ ।

संक्रमितमध्ये ३ लाख ८२ हजार १ सय ६५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४१ हजार ९ सय ९७ जनामध्ये १७ हजार ९ सय २ जनाको अवस्था गम्भीर रहेको छ ।

  • ९ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !