सिन्धुपाल्चोकमा फेरि विपत्ती : पहिरोमा १८ घर पुरिए ,कयौँ मानिस बेपत्ता

आजभोलि

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ को भिरखर्कको नागपुजे र भीरखर्कमा पहिरो जाँदा कम्तिमा १८ घर पुरिएको छ ।

आज बिहान झरेको पहिरोले ती घर पुरिंदा कम्तिमा १३ जना सम्पर्कविहिन छन् । स्थानीय बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् ।

घटनास्थल बाह्रबिसेदेखि १७ किलोमिटर उत्तरतर्फ पर्दछ । घटनाको बिस्तृत बिवरण आउन बाँकी छ । त्यस्तै जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा केही घर हरु पुरिएको छ मानविय मानवीय क्षती नभएको बताइएको छ ।

घटना थाहुने बितिकै प्रहरी घटना स्थल तर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको जनाएको छ ।

साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

  • २८ भाद्र २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !