‘भर्सटाइल डिप्लोम्याट’ यानकी राजदूत यान्छी

लोकू बाराघरे

लोकू बाराघरेको विश्लेषणात्मक डिजिटल रिपोर्ट,

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत  नेपाली चर्चित गीत रेशम फिरीरी …गाएर चर्चामा छन् । उनी कहिले नेपाली गीतमा नृत्य गरेर त, कहिले नेपाली कालासंस्कृतिसँग मोडलिङ गरेर चर्चा आउँछन् । पछिल्लो समय नेपाली राजनीति घट्नाक्रमसँग जोडिएर पनि चर्चामा आइरहन्छन् ।

विगत भन्दा उनको कुटनीति शैली वा तरिकामा पनि नयाँपन देखिन्छ । सामान्यतया गोप्य कुटनीतिमा विश्वास राख्ने चीन पछिल्लो समयमा देखिने र बुझिने गरी कुटनीतिमा गरिरहेको छ । राजदूत यान्छीले कहिले कलासंस्कृतिको माध्यमबाट त कहिले धर्म अनि कहिले प्रकृतिक वा भौगिलक बनाओटको आधारमा फरक फरक शैलीमा कुटनीति देखाइरहन्छन् ।

उनी समाजिक संजाल ट्वीटर र फेसबुकमा नेपालका हेरक विशेष महत्वको चाडपर्व, कलासंस्कृति, रितिरिवाज तथा घटनाक्रमसँग जोडिन्छन् । र, नेपाली शैलीमा व्यक्त गर्दछन् । देखिन्छन् । जुन नेपालमा रहेका धेरै कम कुटनीतिज्ञसँग यस्तो क्षमता देखिन्छ ।


पछिल्लो समय चीन खुला रुपमा नेपालीले देखिने, बुझिने र सुनिने गरी नयाँ ढंगको कुटनीति अपनाइरहेको छ । जसको नेतृत्व राजदूत यान्छी गरिरहेकी छन् । प्रयाःजसो चीनिया राजदूतहरु नेपाली जनस्तरसम्म अन्तरक्रिया वा विभिन्न माध्यमबाट सम्बन्ध कायम गर्न सहजता मान्दैन थिए । तर वर्तमान राजदूत यान्छीले आफूलाई फरक रुपमा स्थापित गरे भर्सटाइल डिप्लोम्याटको रुपमा स्थापित गरेकी छन् ।

सांस्कृतिक कुटनीति

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरबाट दशैको शुभकामना दिएकी छन् । उनले नेपाली र अंग्रजी दुबै भाषामा शुभकामना दिएकी छन् । उनले लेखेकी छन्, बडा दशैंको उपलक्षमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सुख,समृद्धि र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु! ।

उनी अरु मुख्यमुख्य चाडपर्व तथा संस्कृतिक महत्वका दिनहरुमा पनि शुभकाना दिदै आइरहेकी छन् । विशेष धार्मिक महत्वका तिथीमितिमा पनि शुभकामना दिदै आइरकी छन् । दशैंको अवसरमा गीत समेत गाएकी छन् ।

नेपाली खाना, नेपाली प्रकेतिक सोन्दर्यताको बारेमा कहिले फोटो पोष्ट गरेर त कहिले आफै सहभागी भएर नेपाली संस्कृति प्राकृतिक चिनियाँ ऐक्यबता जनाइरहेकी हुन्छन् । जसले संस्कृतिक तथा धार्मिक रुपमा ठूलो महत्व रहेको हुन्छ । यसले नेपाली जनता र चिनियाँ जनताबीच सम्बन्ध तथा दुइ देशबीचको कुटनीतिलाई प्रगाढ र बलियो बनाउँदछ ।

यसैलाई आधारमान्दै उनले आधुनिक समाजको आवश्यकता अनुसार चिनियाँ कुटनीतिलाई फरक फरक तरिकाले देखाउँदै स्थापित गर्दै आइरहेकी छन् ।

 


गायक कुटनीतिज्ञ

अहिले सामाजिक संजालमा राजदूत यान्छीले गाएको लोकप्रिय नेपाली लोकगीत रेशम फिरीरी भन्ने निकै भाइरल भइरहेको छ । उनले गाएको गीतको भिडियो सहित प्रकाशन गरिएको छ । उनको आफ्नै ट्वीटर एकाउन्टबाट सार्वजनिक भएको उक्त गीति भिडियोमा नेपालका हिमाल, नेपाली संस्कृती झल्काउने तस्वीरहरु, नेपाली जनजीवनका तस्वीहरु सहित आफै गाएको भिडियो समेत राखिएको छ ।

भिडियोको शुरुमा अंग्रेजी र चिनिया भाषामा ह्याप्पी दशैं राखिएको छ । उनले भिडियो सहितको ट्वीटमा भनेकी छन्, मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस!

उनको यो गीतसँगै नेपाली संस्कृति कलाप्रतिको लगावलाई सामाजिक संजालमा निकै रुचाइएको छ । र, प्रशंसा पनि गरिएको छ ।

 


नृत्यभित्र लुकेको कुटनीति

१०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालस्थित चिनियाँ राजदूतावासले काठमाडौंमा गरिएका एक कार्यक्रम राजदूत यान्छी नृत्यकारको रुपमा देखिएकी थिइन । महिला दिवासको अवसर पारेर गरेको कार्यक्रममा नेपाली मन्त्रीदेखि उच्च तहका कर्मचारीको सहभागिता रहेको थियो । चिनियाँ कलासंस्कृति सहितको प्रस्तुति सकिएपछि एकाएक उनी मञ्चमा नेपाली भोषभूषासहित देखिएपछि सबै छक्क परे ।

उनी ‘चरी जस्तै उड्न पाए गगनको तलतिर, उडि जान्थे धेरै टाढा मायालुको गाँउतिर’ भन्ने गीतमा नाचिन । उनी समूहमा गीतसँग हाउँभाउँ मिलाउँदै पूरा अवधि नाचिन् । त्यो उनको नाचेको तस्वीर र भिडियो पनि निकै भाइरल भएको थियो ।

यसरी एक उच्च कुटनितिज्ञले सामान्य रुपमा नृत्य गर्नु आफैमा अनौठो कुरा हो । हेर्दा सामान्य लागे पनि यसको कुटनीतिमा ठूलो महत्व बोकेको हुन्छ । यसले दिन सन्देश निकै दिगो हुन्छ । उनले एकैचोटि महिला र नेपाली संस्कृतिलाई जोडेकी छन् ।

भ्रमण वर्षका लागि राजदूत-मोडलिङ

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि फोटो सूट अर्थात् सांस्कृतिक मोडलिङ गरेको फोटोले निकै ख्याती कमाएको थियो ।

उनले ‘मोडलिङ’ गरेका आफ्ना चार तस्बिरहरु ट्वीटरमार्फत सार्वजनिक गरेकी थिइन् । र उनले ट्वीटरमा इतिहास, विविधता र प्रकृतिसहितको सुन्दर नेपाल भ्रमणयोग्य छ’ भनेर ट्वीट गरिएकी थिइन् । साथै भ्रमण वर्ष २०२० को शुभकामनासमेत दिएकी थिइन् ।

रातो पहिरनमा देखिएकी राजदूत यान्छीले आफ्ना चार तस्बिर पोस्ट गर्दै लेखेकी छन् साँचो सुन्दरताले सधैँ हृदयको गहिराइलाई छुन्छ।’ पहिरन उनलाई निकै सुहाएकाले उनको सुन्दरता पनि चर्चा भएको थियो ।

उनको यस कार्यले चिनियाँ पर्यटक भित्र्याउनमा ठूलो मद्दत पुगेको जनाकारहरुले बताएका छन् । सँगै नेपाली काष्ठकलाको प्रचारप्रचारमा पाएको थियो ।

यो पनि उनको अर्को सरल कुटनीटि गर्ने तरिका थियो । आम नगारिकले यसलाई सामान्य रुपमा बुझे पनि अन्तर्राष्ट्रियस्तरमा यसले विशेष उच्च स्तरको महत्व राख्दछ । प्रभाव पर्दछ ।

देखिने राजनीतिक कुटनीति

पछिल्लो पटक विश्वभरी नै चीन देखिने गरी आफ्नो कुटनीति चालिरहेको छ । नेपालमा पनि चीनले देखिने गरी कुटनीति शुरु गरेको छ । राजदूत यान्छीले पछिल्लो समयमा नेकपाको आन्तरिक विवाद र सरकारको स्थायितत्वको लागि भन्दै कुटनीति पहल गर्दै आइरकी छन् । राजनीतिक विश्लेषकले यसलाई हस्तक्षेपको रुपमा पनि ब्यख्या गरिहेका छन् ।

नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगेको बेला राजदूत यान्छीले बेलुकीपख बालुटारमै गएर प्रधानमन्त्रीसँग भेट गरेकी थिइन । र, नेपालका राष्ट्रपति र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ता समेत गराउन सफल भएकी थिइन । सँगै नेकपाका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवा कुमार नेपाललाई पनि भेट गरेकी थिइन । जसको परिणाम पार्टी र सरकारबीचको विवाद कम भएको थियो ।

यस अघि चिनिया कुटनीतिले यसरी भेटेर आन्तरिक राजनीतिमा आफ्नो उपस्थिति देखाएको थिएन । राजदूत यान्छीले चिनिया परम्परालाई तोडेर खुला रुपमा आफ्नो बलियो उपस्थिति देखाइन् ।

चीन अब परम्परागत कुटनीति भन्दा पनि देखिने कुटनीतिमा विश्वास गर्दै आइरहेको बुझिन्छ । नेपालमा राजदूत यान्छीले कुटनीतिलाई नयाँ खुलापनमा लगेकी छन् । सामाजिक, सांस्कृति, धार्मिक तथा राजनीतिक सबै क्षेत्रमा फरक फरक शैलीमा कुटनीतिको प्रयोग गर्दै आइरहेकी छन् । गीत, संगित, नृत्य, भ्रमण, भेटघाट तथा राजनीतिक रुपमा पनि चीनको उपस्थिति बलियो बनाएकी छन् । जसको कारण उनको व्यक्तिगत प्रभाव पनि देखिन थालेको छ ।


अरुमा उनको प्रशंसा भए पनि राजनीतिक कुटनीतिको बारेमा भने उनको आलचेना पनि बढ्दै गइरहेको छ । उनको कुटनीतिलाई धेरैले आन्तरिक मामिलामाथिको हस्तक्षेप गरेको आरोप समेत लगाएका छन् । र, उनको कुटनीतिलाई जसरी ब्याख्या गरिए पनि, उनी नेपालमा रहेका कुटनितिज्ञमध्ये प्रभावशाली र भर्सटाइल देखिएकी छन् । उनको कुटनीतिले नेपालमा चीनको उपस्थितिलाई अझ मजबुत बनाएको छ ।

 

फोटो नेपालका लागि चिनिया राजदूत यान्छीको ट्वीटरबाट

  • १२ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !