काठमाडौं, कात्तिक १३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार नेपालमा कोरोनाभाइरसबाट पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा दश हजार ७६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ३६४ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हालसम्म नेपालमा कुल सङ्क्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ । र, ३८ ह्जार ९५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।
हालसम्म एक लाख २४ हजार ८६२ सङ्क्रमित निको भएर घर फर्केका छन् ।