बिहारमा तेजस्वीको जादूः १० लाख युवालाई सरकारी नोकरी दिने ऐलान

लोकू बाराघरे

लोकू बाराघरेको डिजिटल रिपोर्ट,

एजेन्सी । बिहार विधान सभाको चुनावमा पहिलो पटक रोजगारीको मुद्दा मुख्य चुनावी मुद्दा बनेको छ । राष्ट्रीय जनता दल (राजद) को तर्फबाट तेजस्वी यादवले आफू मुख्यन्त्री भएमा १० लाख युवालाई रोजगारी दिने घोषणा गरेका छन् ।

उनले आफ्नो घोषणा पत्रमा १० लाख युवालाई नयाँ सरकारी रोजगारी दिने उल्लेख्य गरेका छन् । उनले भने, म मुख्यमन्त्री भएमा मन्त्रीपरिषद्को पहिलो बैठकबाट १० लाख युवालाई सरकारी नोकरी दिने निर्णय गर्ने छु । उनले भने, वर्तमान मुख्यमन्त्री नीतीश कुमारले कहाँबाट १० रोजगारी दिने भनिरहेका छन् । म भन्छु, सबै सरकारी संरचनामा परिवर्तन गर्ने, नोकरीको संख्या बढाउने र खाली रहेका रिक्त पदहरुमा विज्ञापन खोलिने छ । जसबाट कम्तिमा १० लाख युवाले नयाँ रोजगारी पाउनेछन् ।

तेजस्वीले १० लाख सरकार नोकरीको ऐलान गरेपछि बिजेपीले ठूलो आलोचना गर्यो । तर पछि उसले पनि संकल्पपत्रमा बिहारमा १९ लाख स्वरोजगार तथा रोजगार सिर्जना गरिने बतायो । लगभग ५ लाख सरकारी बाँकी निजी क्षेत्रमा सिर्जना गर्ने दाबी गरेको छ ।

बिहारमा जहिले पनि जातीय तथा क्षेत्रीय मुद्दाले प्राथमिकता पाउने गरिन्थ्यो । तर यस पटक जबरजस्ती रोजगारको मुद्दा चुनावी मुद्दा बन्यो । तजस्वीले बिहारमा रहेको चुनावी मुद्दाको ट्रेन्ड नै बदलिदियो । जसले उनलाई युवाको समर्थन मिल्यो ।

उनका सभा तथा र्यालीहरुमा युवाको ठूलो उपस्थिति हुने गर्दछ । युवाहरु विगतका चुनावमा कामको शिलशिलामा बिहार बाहिर हुने गर्दथे । तर यो पटक कोरोनाले रोजगारी गुमाएर घरमै बसेका छन् । उनलाई अरु प्रान्तले घर फर्कदा गरेको अपमानले चित्त दुखेको छ । र, उनी बिहारमै रोजगारी होस् भन्ने चाहन्छन् । पहिलो चरणको निर्वाचनमा युवा मतदाताको उल्लेख्य उपीस्थति रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

बिहारमा पहिलो चरणको निर्वाचन भइसकेको छ । भारतको बिहारमा २४३ सिटको लागि विधान सभाको निर्वाचन २८ अक्टुबरमा भएको थियो । दोस्रो र तेस्रो चरणको चुनाव नोभेम्बर ३ र ७ मा हुनेछ । कोरोनाको संकटबीच हुन लागेका चुनावलाई भारतमा निकै महत्वको साथ हेरिएको छ ।

निर्वाचनमा चार ओटा मूख्य गठबन्धन चुनावी मैदानमा रहेका छन् । एनडीए, महागठबन्धन, ग्राण्ड डमोक्र्याटिक फन्ट र प्रगतिशील लोकतान्त्रिक गठबन्धन मुख्य रहेका छन् ।

एनडीएमा गठबन्धनमा भारतीय जनता पार्टी (बीजेपी), जनता दल यूनाइटेड (जदयू)  तथा वीआइ, हिन्दूस्तानी अवामा मोर्चासहितका पार्टीहरु एक ठाउँमा उभिएका छन् । जसको नेतृत्व वर्तमान मुख्यमन्त्री नितीश कुमारले गरेका छन् । जदयूले १२२ सिटमा, बीपी १२१ सिटमा र बाँकी अरु साना दलले उम्मेद्वारी दिएका छन् ।

महागठबन्धनमा कांग्रेस, राष्ट्रीय जनता दल (राजद) तथा वामपन्थी पार्टीहरु एक ठाउँमा उभिएका छन् । जसको नेतृत्व तेजस्वी यादवले गरेका छन् । जसमा राजद ले १४४ सिटमा, कांग्रेसले ७० सिटमा र वामपन्थी पार्टीहरुको तर्फबाट २९ सिटमा उम्मेदवारी दिएका छ ।

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !