एरिजोना लगायतमा ट्रम्प समर्थकद्वारा देशभर प्रर्दशनः निर्वाचनमा धाँधली भएको आरोप

आजभोलि

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुएरिजोनाको मेरिकोपा काउन्टीमा मतगणना केन्द्रमा जम्मा भएका छन् । उनीहरुले मतगणनामा धाँधली भएको भन्दै जबरजस्ती मतगणन स्थल प्रवेश गरेको प्रहरीले जनाएको छ ।

उनीहरु मतगणना गर्दा धाँधली भएको भन्ने सामाजिक संजालमा सूचना पाएपछि जम्मा भएको बताए । उनीहरुले मतगणना निश्पक्ष हुनु पर्ने भन्दै नाराबाजी समेत गरेका छन् । निर्वाचन अधिकारीका अनुसार गणना भने नरोकिएको जनाएका छन् ।

नेभाडामा ट्रम्प समर्थकहरुले बाइडनले निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छन् । उनीहरुले अमेरिकी सञ्चारमाध्यमले धाँधलीलाई ढाकछोप गरेको आरोप लगाएका थिए।

डिट्रोइटमा ट्रम्प समर्थक प्रदर्शनकारीले गणना केन्द्रको झ्यालमा हिर्काउँदै गणना रोक्न माग गरेका छन्। तर कतै पनि मतगणना रोकिएका छैन् । सबैतिर प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

कतै ट्रम्प बिरुद्ध तथा कतै निर्वाचन परिणामबिरुद्ध अमेरिका भरी प्रर्दशन भइरहेका छन् । बिशेष गरी ट्रम्प समर्थकहरु आक्रोसित भएको र प्रर्दशन उग्र हुँदै गइरुहेको अमेरिकी स्.चार माध्यमले जनाएका छन् ।

हालसम्म राष्ट्रपति पदका उम्मेद्वार मध्ये जो बाइडनले २६४ मत प्राप्त गरेका छन् । त्यसै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ मत प्राप्त गरेका छन् । बाइडन जीत नजिक भएको भनिए पनि अन्तिम परिणाम आउन भने बाँकी रहेको छ ।

Photo:bbc.com

 

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !