विश्वमा एक करोड ७९ लाखभन्दा बढी सक्रिय संक्रमित

आजभोलि

गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म १४ लाख ५८ हजार ११२ जनाको मृत्यु भएको छ ।

चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना संक्रमण पछिल्लो समय विश्वमा महामारीको रुपमा फैलिदैं गएको छ । हालसम्म विश्वमा ६ करोड २५ लाख ६४ हजार ३ सय ४९ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये चार करोड ३१ लाख ८८ हजार ७ सय ५ जना कोरोनामुक्त भएका हुन् ।

यस्तै, हाल विश्वमा एक करोड ७९ लाख १७ हजारभन्दा बढी सक्रिय संक्रमित छन् भने १ लाख ५ हजार बढीको अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म १ करोड ३६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८० लाख ४१ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ७२ हजार दुई सय ५४ जना संक्रमितको मृत्यु भईसकेको छ ।

त्यसैगरी, छिमेकी मुलुक भारतमा हालसम्म ९३ लाख ९० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८७ लाख ९९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार सात सय पाँच पुगेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६२ लाख ९० हजार २७२ पुगेको छ भने १ लाख ७२ हजार ६३७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५६ लाख ६२ हजार भन्दा बढी निको भएका छन् ।

 

  • १४ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !