सचिवालयमा ओली अल्पमतमाः असहमतीका बाबजुद पनि स्थायी कमिटिको बैठक आह्वान

आजभोलि

काठमाडौं । बालुवाटारमा बसको नेकपाको बैठक कुनै निर्णय नगरी टुंगिएको छ । आइतवारका लागि स्थायी कमिटिको बैठक बस्ने भन्दै आजको सचिवालयको बैठक स्थगित भएको बालुवाटार श्रोतले जनाएको छ ।
स्थायी कमिटिको बैठक डाक्नेमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असहमती हुँदाहुँदै पनि आइतवार डाकिएको श्रोतले बतायो । आजको बैठकमा प्रधानमन्त्री ओली निकै आक्रोसित रुपमा प्रस्तुत भएका थिए ।

प्रधानमन्त्री ओलीले आफू कुनै पद पनि नछोड्ने दाबी गरेका थिए । उनले आफू पद्धती भन्दा बाहिर गएर व्यक्तिगत आग्रहको आधारमा पद नत्याग्नेमा स्पष्ट पारेको उनको उचिवालयले जनाएको छ ।
उनी अर्का अध्यक्षले प्रचण्डले सचिवलायमा पेश गरेको राजनीतिक प्रस्ताव तथा प्रतिवेदनप्रति निकै आक्रमक रहेको उनी निकट श्रोतले जनाएको छ । सचिवालयको बहुमतले वर्तमान समस्या समाधानका लागि एउटा टोली गठन गर्ने भन्ने प्रस्ताव पनि अस्वीकृत गरेको जनाइएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड दुबैका प्रस्ताव स्थायी कमिटिमा छलफल गर्ने भन्दै सचिवलायमा कुनै निर्णय नभएको जनाइएको छ । बहुमत सचिवालय सदस्य प्रधानमन्त्री ओली विपक्षमा भएकाले ओली विकल्पहीन भएर सचिवालयको निर्णय मान्न बाध्य भएको प्रचण्डनिकट श्रोतले जानकारी दियो । उक्त श्रोतले भन्यो, प्रधानमन्त्री ओली न प्रचण्डको प्रतिवेदनमा छलफल गर्न इच्छुक थिए, न त स्थायी कमिटिको बैठक डाक्न सहमत थिए । तर विकल्पहीन भएपछि मात्र उनी दुबैको लागि तयार भएको जनाए ।

भोलिको स्थायी कमिटिको बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुन्छन की हुँदैनन्, यो सर्बत्र चासोको विषय बनेको छ ।

File photo

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !