राजधानीमै शास्ती भोग्दै दृष्टिविहीनः नारामै सिमित छ, अपाङ्गमैत्री संरचना !

आजभोलि

आजभोलिका लागि प्रवीण भट्टराईको स्थलगत रिपोर्ट ।

ललितपुर । समाजमा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरुको नैसर्गिक अघिकारहरु न्यायोचित रुपमा ती समूहका व्यक्तीहरुलाई नै प्रत्यायोजन गर्नका लागि अपांङ्गमैत्री सार्वजनिक स्थलहरुको खाँचो छ । उनीहरुका नैसर्गिक अधिकारहरुबाट उनीहरुलाई बञ्चित नगराउने हो भने समावेसी सामाजिक संरचना, नियम, कानुन र सामाजिक व्यवहारको आवश्यकता छ । जसका लागि उनीहरुलाई समाजकै दोस्रो व्यक्तिहरुको सहयोगको खाँचो छ । जसको शारीरिक तथा बौद्धिक क्षमता शारीरिक अपाङ्गता भएका व्यक्तिहरु भन्दा ज्यादा हुन्छ ।

समाजमा अपाङ्गता तथा दृष्टीबिहीन भएका व्यक्तिहरुले भौतिक तथा वैचारिक अवरोधहरुको सामाना गर्नुपर्छ । दृष्टीविहीनहरुले सार्वजनिक स्थलमा बाटाघाटाहरु काट्दा दोस्रो व्यक्तिको सहयोग लिनुपर्छ । साथै, शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको सार्वजनिक भोगाइहरु पनि कष्टकर नै हुने गरेको छ । फुटपाथमा अव्यवस्थित तरिकाले फुटपाथे पसलहरु राख्ने तथा सोही ठाउँबाट मानिसहरुको भिंडभाँड गरेर हिंड्ने हुँदा उनीहरुलाई सेतो छडीको साहारामा हिडडुल गर्न पनि मुस्किल पर्छ ।

सार्वजनिक बाटाहरु जथाभावी रुपमा खन्नाले पनि उनीहरुलाई सार्वजनिक वाटो भएर आवतजावत गर्न गाह्रो हुन्छ । त्यस्तै, सार्वजनिक शौचालयहरु प्रयोग गर्न उनीहरुलाई सजिलो छैन । त्यस्तै, दृष्टिविहिन व्यक्तिहरु सरकारी प्रतिवेदनहरु तथा सूचनाहरु पनि पढ्न सक्दैन् । साथै, उनीहरुले बैंक तथा बित्तीय संस्थामा सबै प्रकारका बैंकिङ सुविधाहरु लिन सक्दैन् ।

सम्पूर्ण सार्वजनिक स्थल लगाएत सार्वजनिक स्कुल, कलेज, अस्पताल, आकाशे पुल, सिनेमाघर, बैंक तथा वित्तीय संस्थान तथा नीजी तथा सरकारी कार्यालयहरु अपाङ्ग मैत्री हुनुपर्छ । र शारीरिक तथा बौद्धिक क्षमता भिन्न भएका ती अपाङ्गता तथा दृष्टीबिहीन भएका व्यक्तिहरुको सामाजिक, राजनीतिक, सांस्कृती र आर्थिक क्षेत्रमा समान पहुँच र हैसियता बनाउन सम्पूर्ण सर्वसाधारण, राजनीतिज्ञ र नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ ।
राजधानीमा भएका अपाङ्गता तथा दृष्टीबिहिन व्यक्तिहरुहरुले सार्वजनिक स्थलहरुमा भोगेका बिभिन्न किसिमका सामाजिक तथा भौतिक अवरोधहरुका बारेमा दृष्टीबिहीन सञ्चारकर्मी बाशुदेव अधिकारीको पनि आफ्नै छुट्टै भोगार्इ र अनुभव छ । उनी भन्छन् जथाभावी रुपमा फुट्टपाथे व्यवसायहरु भएकाले मलाई फुटपाथमा हिंड्न मुस्कील हुन्छ । त्यसैले म जस्ता दृष्टीबिहीन साथीहरुलाई सहरका विभिन्न सार्वजनिक स्थलहरुमा जथाभावी रुपमा सवारी साधन पार्किङ स्थल बनाइएकोले स्वतन्त्रपूर्वक आवतजावत गर्न गाह्रो हुन्छ । त्यसैले सार्वजनिक स्थानहरुमा हुने उनीहरुको अप्ठ्यारोलाई सजिलो बनाउन सम्पूर्ण सार्वजनिक स्थलहरुलाई अपाङ्ग मैत्री बनाउन आवश्यक छ ।

सञ्चारकर्मी अघिकारी भन्छन्, सरकारी कार्यालयका निकायहरु बिद्युत प्रधिकरण, नेपाल टेलिकम, सडक बिभाग र मेलम्ची खानेपानी आयोजनाले सहरका सार्वजनिक वाटाघाटामा विभिन्न कारणले खनेका नाला तथा खाडलहरुमा आपाङ्ता भएका दृष्टीविहिनहरु पर्ने जोखिम पनि उच्च छ । त्यसैले, सार्वजनिक सडकमा हिंड्ने दृष्टीबिहीन तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सो बारेमा पूर्वसूचना सम्बन्धित पक्षहरुले दिनुपर्ने उनी बताउँछन् ।

सार्वजनिक यातायातका साधानहरुमा अपाङ्गता तथा दृष्टीविहिन व्यक्तिहरुलाई आरक्षण गरिएका सिट तथा स्थानहरु अपाङ्ग मैत्री छैनन् । त्यसैले, लामो तथा छोटो दुरीको यात्रामा निस्कदाँ अपाङ्गता तथा दृष्टीबिहिन भएका व्यक्तिहरुलाई सुरक्षित सिटमा बसार्इ यात्रा गर्न प्रेरित गर्नुपर्छ । साथै, नयाँ सार्वजनिक सडकहरु बनाउँदा अपाङ्ग मैत्री हुनुपर्ने उनी बताउँछन् ।

सार्वजनिक शौचालयहरु राजधानी सहरमा प्रयाप्त मात्रामा नभएका र केही भएकापनि अपाङ्ग मैत्री नभएकोले सहरका उपयुक्त स्थानहरुमा अपाङ्गता तथा दृष्टीविहीन भएकालाई पनि सजिलो हुनेगरी थप सार्वजनिक शौचालयहरु बनाउनका लागि सम्बन्धित पक्षलाई उनी सुझाव दिन्छन् ।

सामान्यता, कुनै पनि व्यक्तिमा प्राकृतिक रुपमा हुने शारीरिक वा बौद्धिक क्षमतामा कमि हुनुलाई अपाङ्गता भनिन्छन् । अपाङ्ग व्यक्तिहरुमा अरु व्यक्तिहरुमा भन्दा केही फरक क्षमताहरु हुन्छन् । उनीहरुमा फरक क्षमता भएकै कारणले सार्वजनिक स्थलहरुमा उनीहरुलाई फरक किसिमका आवश्यकताहरु पर्ने गर्दछन् । तर, ती आवश्यकताहरु भने उनीहरुको पहुँचमा छैन । उनीहरुको जीवनचर्या घरभित्र परिवारका अन्य सदस्यहरुको र घर बाहिर पनि अन्य सार्वजनिक व्यक्तिहरुले गर्ने घरायसी तथा सार्वजनिक व्यवहारमा भर पर्दछ ।

उनीहरुका दैनिक कठिनाईहरुलाई समाजका अन्य दोस्रा व्यक्तिहरुले बुझ्न र सोही अनुसार सहजिकरण गरिदिनु आवश्यक छ । त्यस्तै, अपाङ्गता भएका व्यक्तिहरुले पनि कुनै समाजकै प्रतिनिधित्व गरीरहेका हुन्छन् । त्यसैले, समाजमा प्राप्त हुने बिभिन्न सेवा सुविधाहरु समान रुपमा उपभोग गर्न पाउनु उनीहरुको पनि अधिकार हो ।

सबै सुविधाहरु उपभोग गर्नका लागि सबै सार्वजनिक स्थानहरु अपाङ्ग मैत्री हुन आवश्यक छ । तर, बौद्ध सिमलटार काठमाण्डौ घर भएका अर्का दृष्टीबिहिन यूवा अधिकारकर्मी शुसील अधिकारी भन्छन्, अपाङ्गता भएका व्यक्तिहरुले सार्वजनिक स्थलहरुमा मुख्यतया भौतिक अवरोधहरु र वैचारिक अवरोधहरुको सामाना गरी रहनुपरेको छ ।

भौतिक अवरोध अन्तर्गत प्रमुख रुपमा सार्वजनिक सडकहरु तथा सार्वजनिक भवनहरु अझै पनि अपाङ्ग तथा दृष्टिबिहिन मैत्री छैन् । त्यस्तै, बैंक तथा वित्तिय संस्था, स्कुल, कलेज, अस्पताल तथा अन्य सार्वजनिक स्थलहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहयोग दोस्रो व्यक्तिहरुले गर्न नरुचाउने भएकाले ती सार्वजनिक स्थालहरुमा उनीहरु अन्य विभिन्न प्रकारका अत्यावश्यक सेवा सुविधा लिन वा पाउनबाट पनि बञ्चित छन् । त्यसैले, दृष्टीबिहिन युवा अधिकारकर्मी अधिकारी भन्छन्, म आफ्ना दैनिक नियमित कामहरु म आफै गर्न सक्छु, त्यसैले अपाङ्गता र दृष्टीविहीन भएका व्यक्तिहरुले विभिन्न सार्वजनिक स्थलहरुमा भोग्ने गरेका भौतिक अवरोधहरु तथा वैचारिक अवरोधहरु हुन नदिन सबैले सहयोग गर्नुपर्छ । साथै, उनी भन्छन् सरकारी म्यान्युल, सरकारी प्रतिवेदनहरु तथा सूचनाहरु अपाङ्ग तथा दृष्टीविहिन मैत्री हुनुपर्छ । त्यस्तै, आपाङगता तथा दृष्टीबिहीन व्यक्तिहरुलाई उनीहरुका घरभित्र गर्न सक्ने घरायसी कामहरु स्वयम उनीहरुबाटै गर्न वा गराउनका लागि उनीहरुलाई प्रेरित गर्नुपर्छ । जसले गर्दा उनीहरुप्रति सामाजिक तथा घरायसी रुपमा हुने बढी संरक्षण र ज्यादा हेला हुने स्थितिलाई दुरुत्साहान गर्न सकिन्छ ।

पछिल्लो समयमा सार्वजनीक स्थालहरुलाई अपाङ्ग मैत्री बनाउने बहस र प्रयासहरु विभिन्न कोणहरुबाट भएका छन् तर ती प्रसाप्त छैन् । कतिपय सार्वजनिक स्थानहरुमा अन्य व्यक्तिहरुले आपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न तरिकाले दुरुत्साहान गर्छन् । त्यसैले गण्डकी मेडिकल कजेज पोखराका उपप्राध्यापक डा. शरद कोइराला भन्छन्, दृष्टिबिहीन व्यक्तिहरुलाई सेतो छडिको साहायताले हिंड्न सहज होस् भनेर सार्वजनिक सडकहरुमा छुट्याएको ट्क्टाएल संकेतहरु स्पष्ट रुपमा देखिने ठाउँमा हुनुपर्छ । तर यदी ती ट्क्टाएल संकेतहरु अनुपयुक्त स्थानहरुमा छन् वा ती स्थानहरु विभिन्न प्रकारका निर्माण सामाग्रीहरु थुपार्न प्रयोग गरिन्छन् ।

सवारी साधनहरु पार्किङ गर्न प्रयोग गरिएका सार्वजनिक स्थलहरु आपाङ्गता भएका तथा दृष्टीविहीन भएका व्यक्तिहरुका लागि अनुपयुक्त छन्, उनी बताउँछन् । त्यस्तै, सहरका सडक पेटीहरु पनि अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने ह्वील चियर गुडाउन नमिल्ने गरी  बनाइएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने वा गर्न सक्ने सार्वजनिक स्थलहरु बिभिन्न कारणहरुले अतिक्रमणमा परेका छन् भन्दै उपप्राध्यापक डा. कोइराला भन्छन् विभिन्न दलका चुनावी घोषणापत्रमा अपाङ्गता भएका व्यक्तिहरुको समस्यालाई उल्लेख गरेपनि सरकारी तवरबाट विधिवतरुपमा ती घोषित कार्यक्रमलाई समयमा नै कार्यान्वयन गरिएको छैन ।

अधिकांश सार्वजनिक स्थलहरु अपाङ्ता भएका व्यक्तिहरुको पहुँचभन्दा बाहिर छन् । उनीहरुले सार्वजनिक स्थलहरुमा विभिन्न प्रकारका गाह्रो साह्रो भोग्नु परेको छ । त्यसैले, उपप्राध्यापक डा. कोइराला भन्छन्, पहिलो भइरहेका सार्वजनिक स्थलहरुको स्तर उन्नती गरेर ती स्थलहरुलाई अपांगमैत्री बनाउनु पर्छ । दोस्रो, सार्वजनिक स्थलहरुमा नयाँ भौतिक संरचनाहरु बनाउँदा अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता पनि समाधान हुने कुरामा बिशेष ख्याल गर्नुपर्छ ।

राजधानीका सार्वजनिक स्थलहरु अपाङ्ग मैत्री नभएकाले नै अपाङ्गता भएका व्यक्तिहरुले दैनिक रुपमा विभिन्न सार्वजनिक स्थलहरुमा विभिन्न प्रकारका शारीरिक तथा मानसिक समस्याहरु भोगीरहेका छन् । र उनीहरुले सार्वजनिक रुपमा दुरव्यवहार पनि सहिरहेका छन् । त्यसैले, उनीहरुमा भएको कम प्रकारको शारीरिक तथा बौद्धिक क्षमताका कारणले उनीहरुको सार्वजनिक जीवन चर्या ज्यादै कष्टकर भएको छ ।

समाजमा भएका अन्य व्यक्तिहरुको सानो सहयोगले पनि उनीहरुको सार्वजनिक तथा घरायसी कृयाकलापहरुमा ठूलो सहयोग पुग्ने भएकाले सबैले घर परिवार तथा सार्वजनिक स्थलहरुमा अपाङ्गता तथा दृष्टीबिहीन भएका ब्यक्तिहरुलाई उनीहरुले गर्ने दैनिक कृयाकलापमा सहयोग गर्नु पर्दछ । साथै, विभिन्न नीजि तथा सार्वजनिक कार्यालय, स्कुल, कलेज, बैक, अस्पताल, सिनेमाघर, आकाशे पुल आदीमा उनीहरुको काममा सहजीकरण गरेमा अन्य सबै सार्वजनिक स्थलहरु पनि अपाङ्ग मैत्री हुन सक्छन् । साथै, समुदायका अन्य व्यक्तिहरुले पनि सार्वजनिक स्थलमा अपाङ्गता तथा दृष्टीविहीन भएका व्यक्तिहरुको सहजताको लागि बिभिन्न प्रकारका बिभिन्न तरिकाहरुले रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ जसलेगर्दा उनीहरुका घरायसी तथा सार्वजनिक कार्यहरुमा उनीहरुलाई नै सहजता मिलोस् ।

सार्वजनिक स्थलहरु जस्तै आकाशे पुल, बाटो, फुटपाथ, स्कुल, कलेज, अस्पताल, बैंक तथा वित्तिय संस्था र अन्य सर्वजनिक स्थलहरुमा दृष्टीवबिहीन तथा अपाङ्गता भएका व्यक्तिहरुलाई हुने विभिन्न किसिमका अवरोध तथा असहजता हुन नदिनु पनि उत्तिकै जरुरी छ । त्यस्तै, आपाङ्गता तथा दृष्टिबिहिन भएका व्यक्तिहरुहरुले भोग्ने भौतिक तथा वैचारिक अवरोधहरु नहोस् भनेर सम्पूर्ण सरोकारबालाहरुले सामाजिक रुपमा जनचेतनाका विभिन्न कार्यक्रमहरु गर्नु र सर्वसाधारणलाई ती सचेतामुलक सूचनाहरु दिनुपनि उत्तिकै आवश्यक छ । र यी अपाङगता मैत्री कार्यक्रमहरुले गर्दा नै सहरका सम्पूर्ण सार्वजनिक स्थलहरु आपाङगता भएका तथा दृष्टिबिहिन भएका सबै व्यक्तिहरुकालागि अझ सुरक्षित र सहज बन्नेछन् ।

भट्टराई युवा, अर्थतन्त्र, विकास तथा समसामयिक विषयबस्तुमा कमल चलाउनु हुन्छ ।

  • २३ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !