सरकार र उखु किसानबीच पाँच बुदे सहमति, आन्दोलन फिर्ता

आजभोलि

 सरकार र उखु किसानबीच पाँच बुदे सहमति भएको छ। सहमतिसँगै उखु किसानहरुले आन्दोलन फिर्ता लिएका छन्।

शुक्रबार उद्योग मन्त्रालयमा उद्योगमन्त्री लेखराज भट्ट र आन्दोलनरत उखु किसानहरूबीच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो ।

पाँच बुँदे सहमतिमा सरकारले तोकेको उखुको मूल्य अनुसार नै किसानलाई भुक्तानी दिलाउने उल्लेख छ। सरकारले यसअघि नै चालु आर्थिक वर्ष २०७६/७७ का का लागि उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६.५६ रुपैयाँ निर्धारण गर्ने निर्णय गरिसकेको छ। उखुको न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदान समेत गरी खरिद मूल्य प्रति क्विन्टल ५३६.५६ रुपैयाँ निर्धारण गर्न स्वीकृति मन्त्रिपरिषदले दिइसकेको छ।

सरकारको यही निर्णयअनुसार अब उखु किसानहरुले पाउन बाँकी भुक्तानी पाउनेछन्। यस्तै, उखु किसानहरुको सम्पूर्ण वक्यौता रकम चिनी उद्योगीहरुले माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति पनि भएको छ ।

  • १८ पुष २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !