ग्रामिण क्षेत्रमा सञ्चालन गरिने पर्यटन उद्योगलाई आयकर छुट दिने :मन्त्री भट्टराई

आजभोलि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ग्रामिण क्षेत्रमा सञ्चालन गरिने पर्यटन उद्योगलाई आयकर छुट दिने गरी विधेयक ल्याइएको बताएका छन् ।

शुक्रबार ‘पर्यटन विधेयक – २०७६’ माथि सम्बन्धीत सरोकारवालाहरुसँग छलफल गर्दै मन्त्री भट्टराईले ग्रामिण क्षेत्रमा खोलिने वर्गीकृत होटल, तथा रिसोर्ट लगायतका पर्यटन उद्योगहरु सञ्चालनमा आएको पाँच वर्ष सम्म आयकरमा पूर्ण छुट दिने र थप पाँच वर्ष सम्म पचास प्रतिशत छुट दिने व्यवस्था गरिएको बताएका हुन् ।

उनले पर्यटन क्षेत्रलाई विकेन्द्रीकृत गर्नुपर्ने अवस्था आएको समेत बताए । पछिल्लो समय पोखरा, अन्नपूर्ण, सौराह, सगरमाथा लगायतका क्षेत्रमा मात्र पर्यटन क्षेत्र केन्द्रीत भएको बताउँदै अन्य ठाउँका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्न आयकरमा दिइएको छुटले सहयोग पु¥याउने उनले बताए ।

कार्यक्रममा होटल एसोसिएसन नेपालका उपाध्यक्ष विनायक शाहले पर्यटन व्यवसायीहरुले दर्ता, अन्तशुल्क, ट्याक्स, विदेशी मुद्रा लगायतका सुविधा एकद्धार प्रणाली मार्फत दिने व्यवस्था विधेयक बाटै गर्न सुझाव दिए ।

  • १९ पुष २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !