हिमपातका कारण ३६ घण्टा देखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेन, सयौं यात्रु अलपत्र

आजभोलि

हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन्।

बिहीबार रातिदेखि परेको हिमपातले सुदूरपश्चिम प्रदेशको मुख्य राजमार्गको रूपमा रहेको भीमदत्त राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका हुन् । ३६ घण्टासम्म अवरुद्ध सडक अझै सञ्चालनमा आउन नसकेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

डडेल्धुराको अनराखोली बजार र बैतडीको खोडपेबजार क्षेत्रमा तीन फिटसम्म जमेको हिउँ जिल्ला प्रशासन कार्यालय डडेल्धुराको पहलमा तीन वटा डोजर लगाएर बाटो खुलाइएको थियो । भीमदत्त राजमार्गमा पनि चारवटा डोजर हिउँ पन्छाउन प्रयोग गरिएको र बाटो खुलाउन अझैँ समय लाग्ने प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जनाकारी दिए ।

डोजरले सफा गररे एकतर्फी बाटो खुलाउन प्रयास भइरहेको भए पनि गाडीहरु नालीमा खसेर समस्या भइरहेको उहाँले बताउनुभयो । हिमपातले डडेल्धुरामा नेपाल टेलिकमको फोन, इन्टरनेट सेवा र विद्युत सेवा समेत अवरुद्ध छ।

जिल्ला सदरमुकामका विद्यालयमा सञ्चालित परीक्षा प्रभावित भएको छ। यसैगरी हिमपातका कारणलले म्याग्दीको तल्लो पहाडी क्षेत्रका ग्रामीण यातयात प्रभावित हुनुका साथै माथिल्लो भेगका विद्यालयको पठनपाठन समेत प्रभावित बनेको छ ।

  • १९ पुष २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !