त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको मुर्ति स्थापना

आजभोलि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मुर्ति स्थापना गरिएको छ ।

सरकारले विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने योजना अनुसार एयरपोर्ट भित्र बुद्धको मुर्ति स्थापना गरिएको हो । भ्रमण वर्षको प्रवद्र्धन र पर्यटकलाई बुद्धको देश भनेर चिनाउन पनि यसले सघाउ पु¥याउने विश्वास छ ।

शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले यो मुर्तिको अनावरण गरेका हुन । भ्रमण वर्ष २०२० को शिलशिलामा विमानस्थललाई बुटिक एयरपोर्ट बनाई नेपालको संस्कृति, र मौलिकता झल्कने खालका विभिन्न वस्तुहरु विमानस्थलमा राखिएका छन् ।

सोही अनुसार नै एयरपोर्टमा जहाजबाट झरेपछि बाहिर निस्कने बाटोमा देखिनेगरी बुद्धको मुर्ति स्थापित गरिएको मन्त्री भट्टराईले बताए ।

मन्त्री भट्टराईका अनुसार बुद्धको मुर्ति निर्माण गर्न ७० लाख रुपैयाँ लागत लागेको छ भने करिब २४ लाख रुपैयाँ बराबरको सुनको जलप लगाइएको छ । मुर्ति ललितपुर पाटनका मिर शाक्यले निर्माण गरेका छन् ।

  • १९ पुष २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !