कोरोना विरुद्धको खोप धनी राष्ट्रको कब्जामा ८५ प्रतिशत ?

जी–७ राष्ट्रले उदारता देखएको नाटक गरे

आजभोलि

काठमाडौं । धनी राष्ट्रहरूको समूह जी–७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको बताएका छन् । ती खोप सीधै वा कोभ्याक्स सुविधामार्फत् दिन सकिने उनले जानकारी दिएका छन् । उक्त परिमाणमा यूकेले दिने भनेको १० करोड मात्रा पनि समाविष्ट छ । ‘न्युयोर्क टाइम्स कोभिड भ्याक्सिन ट्रयाकर’ को तथ्यांकअनुसार गत शुक्रबारसम्म संसारभर २ अर्ब ३३ करोड मात्रा खोप दिइएको छ ।

त्यसमध्ये धनी र मध्यम आय भएका मुलुकमा मात्र ८५ प्रतिशत खोप खपत भएको छ विश्लेषक अच्युत वाग्लेको लेखमा उल्लेख भएको छ । केवल शून्य दशमलव ३ प्रतिशत मात्र न्यून आय भएका मुलुकहरूमा पुगेको तथ्यांक छ । ती गरीब मुलुकहरूले पैसा तिरेर किन्न खोज्दासमेत विश्वको खोप बजारले निष्पक्ष व्यावसायिकता प्रदर्शन गर्न सकेको छैन । चीन १६ हजार ६४० अर्ब डलरको अर्थतन्त्रसहित विश्वको दोस्रो ठूलो र भारत ३ हजार ४० अर्ब डलरको अर्थतन्त्रसहित छैटौं (गत वर्ष पाँचौं) ठूलो अर्थतन्त्र भइसकेका छन् । तर यी दुवै मुलुक जी–सेभेनमा छैनन् ।

विश्वलाई खोप लगाउने यो अर्को महत्वपूर्ण कदम हो– जोनसनले भनेका थिए । पत्रकार सम्मेलनमा उनले अक्सफर्ड आस्ट्राजेनेकाले विकास गरेको खोपको भूमिकाको प्रशंसा गर्दै “विश्वकै सबैभन्दा लोकप्रिय खोप“ भनेको बीबीसी न्यूजले लेखेको छ । लागत मूल्यमै विश्वमा बेचिएको हुँदा यो निकै लोकप्रिय रहेको बताउँदै जोनसनले आस्ट्राजेनेकाको यो कदमलाई “उदारतापूर्ण कार्य’’ को सङ्ज्ञा दिए । उनले कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफर्ड आस्ट्राजेनेका रहेको बताए । कुनै बेला यी सात मुलुक अमेरिका, जापान, बेलायत, जर्मनी, इटाली, फ्रान्स र क्यानडाले विश्व अर्थतन्त्रको झन्डै ८० प्रतिशत हिस्सा ओगट्थे । अहिले त्यो घटेर ४५ प्रतिशतमा झरेको छ ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !