भारतमा संक्रमित घटे तर मृतक घटेनन्

१३, जूनमा भारतमा ६७ हजार २९० जनाभन्दा बढी संक्रमित

हिन्दुस्तान टाइम्स

काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका दिल्लीका सबै पसल, बस, ट्रेन खुलने भएको छन् । दिल्लीमा करीब १५ लाख पसल भएको कन्फेडरेसन अफ अल इण्डिया ट्रडर्सका राष्ट्रिय महामन्त्री प्रविन खण्डेलवाल बताएको हिन्दुस्तान टाइम्सले लेखेको छ । दिल्ली सरकारले केही मापदण्ड सार्वजनिक गरेको छ । कोरोना संक्रमित, गर्भवती महिला, १० वर्षका बालबालिका र ६५ वर्षभन्दा माथि उमेर समूहका प्रबुद्ध नागरिकलाई बजारमा नआउन सुझाव दिएको छ ।

निरागीहरुले कम्तिमा ६ फीट भौतिक दूरी राखेर मात्र भेटघाट किनमेल गर्न दिल्ली सरकारले अनुरोध गरेको छ । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१३, जुन) मा १९ लाख ३१२ जनाको नमुना परीक्षण गर्दा ६७ हजार २९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १२, जुनमा १९ लाख ८९ हजार ७७८ जनाको नमुना परीक्षण गर्दा ६५ हजार ९७३ जना कोरोना संक्रमित थपिएका थिए ।

परीक्षण लगभग उस्तै गर्दा पनि कोरोना संक्रमण घट्दै गएको देखिन्छ । त्यस्तै, भारतमा पछिल्लो २४ घण्टा (१३, जुन) मा कोरोना संक्रमणबाट ३ हजार ८१९ जनाको निधन भएको छ । १२, जुनमा कोरोना संक्रमणबाट ३ हजार ७१ जनाको निधन भएको थियो । नेपाली समय अनुसार जेठ ३१ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९५ लाख ६ हजार ३२८ जना छन् । भारतमा २ करोड ८१ लाख ४६ हजार ३७८ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ८५ हजार ७२४ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । जेठ ३१ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ७४ हजार २२६ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !