इजरायलमा नाफ्ताली  बेनेटले बनाए २७ सदस्यीय मन्त्रिपरिषद

९३ लाख २६ हजार जनसंख्या रहेको इजरायलमा १२० सांसद छन्

आजभोलि

काठमाडौं । यामिन पार्टीका नेता ४९ वर्षीय नाफ्ताली बेनेटले इजरायलको नयाँ प्रधानमन्त्री पदको शपथ लिएका छन् । संसदमा बहुमत पाए लगत्तै यामिन पार्टीका नेता प्रधानमन्त्री बेनेटले २७ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्, जसमध्ये सात जना महिलालाई उनले मन्त्री बनाएका छन् । ९३ लाख २६ हजार जनसंख्या रहेको इजरायलको संसदमा १२० जना सांसद छन् भने संसदमा बहुमत सिद्ध गर्न कम्तिमा ६१ जनाको समर्थन रहनु आबस्यक छ ।

त्यन्तै साँघुरो ६०–५९ बहुमतका आधारमा अभूतपूर्व गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्बाट प्रधानमन्त्री चुनिएका हुन् । सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले नव निर्वाचित इजरायका प्रधानमन्त्री बेनेटलाई बधाई सन्देश पठाउँदै आफूले उनीसँग काम गर्न चाहेको बताएका छन् । प्रधानमन्त्रीको रुपमा बेञ्जामिन नेतन्याहुको १२ वर्षे शासन समाप्त भएको छ ।

नेतान्याहुले पाँचवटा कार्यकाल शासन गरेका थिए । सबैभन्दा सुरुमा सन् १९९६ देखि १९९९ सम्म सत्ता सम्हालेका उनी सन् २००९ देखि २०२१ सम्म निरन्तर शक्तिमा छन् । सन् २०१९ को एप्रिलमा उनले चुनाव घोषणा गरेका थिए । तर त्यसमा उनले नयाँ गठबन्धन निर्माण गर्ने गरी पर्याप्त मत पाउन विफल भए । त्यसपछि गरिएका दुईवटा चुनाव पनि निष्कर्षमा पुग्न सकेनन् । इजरायली सांसदहरुले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरुद्ध संसदमा मतदान गरेका थिए भारतबाट प्रकाशित हिन्दुस्तान टाइम्सले लेखेको छ ।

। इजरायलको लिकुड पार्टीका नेता नेतन्याहू विगत १२ वर्षदेखि इजरायलको प्रधानमन्त्रीमा रहेका थिए । विपक्षी गठबन्धनका नेता याइर लापिडले नेता नाफ्ताली बेनेटलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए । नयाँ सरकार बन्ने स्थितिमा पूर्व रक्षा मन्त्री बेनेट पहिलो दुई वर्षका लागि प्रधानमन्त्री बन्ने छन् । गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने येस अटिड पार्टीका नेता लापिड बाँकी दुई वर्ष प्रधानमन्त्री बन्ने भएका छन् ।

नेतन्याहूको विपक्षमा निर्माण भएको गठबन्धनमा तीन वटा दक्षिणपन्थी, दुई मध्यमार्गी र दुई वटा बामपन्थी पार्टीहरुका साथै अरब इस्लामिक पार्टी समावेश छन् । शनिबार राति करिब दुई हजार प्रदर्शनकारीले नेतन्याहूको निवास बाहिर सत्ता त्याग्नुपर्ने माग गर्दै प्रदर्शन समेत गरेका थिए । प्रधानमन्त्री नेतन्याहूको बहिर्गमनका लागि विपक्षीहरुले विचारधारात्मक मतभिन्नतालाई थाँती राखेर नयाँ गठबन्धन निर्माण गरेका छन् । यो गठबन्धनको एकमात्र उद्देश्य देशमा विगत १२ वर्षदेखि एकछत्र शासन गरिरहेका नेतन्याहूलाई विस्थापित गर्नु र देशमा संसदीय चुनावको सिलसिला रोक्नु रहेको छ ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !