अमेरिकामा संक्रमणबाट असार २ गतेसम्म ६ लाख १५ हजार ७१७ को मृत्यु

१५, जुनमा १२ हजार ५८० जना संक्रमित थप

आजभोलि

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१५, जुन) मा ८ लाख १५ हजार २०४ जनाको नमुना परीक्षण गर्दा १२ हजार ५८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १४, जुनमा ८ लाख ५२ हजार ५४० जनाको नमुना परीक्षण गर्न ११ हजार ५२१ जना कोरोना संक्रमित थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टा (१५, जुन) मा अमेरिकामा कोरोना संक्रमणबाट ३५३ जनाको मृत्यु भएको छ । अमेरिकामा १४, जुनमा कोरोना संक्रमणबाट २५२ जनाको मृत्यु भएको थियो । अमेरिकामा असार २ गते बुधबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४३ लाख ५२ हजार १८५ जना कोरोना भाइरसका कुल संक्रमित छन् ।

कुल संक्रमितमध्ये बुधबार बिहान ७.३० बजेसम्ममा २ करोड ८५ लाख ७८ हजार ७०१ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार असार २ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५१ लाख ५७ हजार ७६७ जना छन् ।

नेपाली समय अनुसार असार २ गते बुधबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ४९ करोड ६० लाख १७ हजार ४०५ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ ।  अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १६ करोड ४५ लाख ६८ हजार १२४ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब १६ करोड ४५ लाख ६८ हजार १२४ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

अमेरिकामा कोरोनाको संक्रमणबाट असार २ गते बुधबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख १५ हजार ७१७ जनाको मृत्यु भैसकेको छ । असार २ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ करोड ७४ लाख ८ हजार ६१८ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ लाख ३८ हजार ३७५ जना छन् ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !