अमेरिकाले सयभन्दा बढी मुलुकबाट कुकुर ल्याउन प्रतिबन्ध लगायो

कुकुरबाट कोरोनाभाइरस फैलने डर

आजभोलि

काठमाडौं । अमेरिकाले जनाबरबाट कोभिड–१९ फैलिने डरका कारण सयभन्दा बढी मुलुकबाट कुकुर ल्याउन–लान प्रतिबन्ध लगाएको छ । रेविजको खोप अभावका कारण जुन १४ अर्थात जेठ ३१ गतेदेखि प्रतिबन्ध लगाएको हो । अमेरिका भेटनरी मेडिकल एशोसिएशन अध्यक्षले सरकारद्वारा लिइएको यस नीतिले अमेरिकालाई सुरक्षित बनाएको भनी प्रशंसा गरेका छन् ।

एशोसियशनका अध्यक्ष म्यगनबिक क्रत्तेले भनेका छन्– हामी एक अर्को देशबाट घर पालुवा कुकुर पनि आवत–जावत गर्ने परिस्थिति नआवस भन्ने चाहन्थ्यौं । प्रत्येक वर्ष १० लाख कुकुर अमेरिकामा ल्याइने गरेको थियो । हालै रूस, यूक्रेन, कोलम्बियालगायत देशबाट ल्याइएका कुकुरको कागजात नमिलेका कारण फिर्ता पठाइएको थियो ।

४ महिनाभन्दा बढीको कुकुरलाई रेविज भ्याक्सिनले असर नगर्ने भएकाले पनि केही मुलुकबाट ल्याइएका मुलुकबाट ल्याइएका कुकुर फिर्ता पठाइएको हो । जनावर रविज फैलदा पर्ने असर खतरनाक भएकाले कन्ट्रोल गर्न अमेरिकाले यो नीति ल्याएको हो १९७० देखि १९८८ को बीचमा अमेरिकामा रेविजको भ्याक्सिन लगाइएकोमा म्याक्सिकोबाट ल्याइएको कुकुरमा नयाँ खालको रेविजको भाइरस देखिएको थियो, जसलाई कन्ट्रोलमा लिन १९ वर्ष लागेको थियो ।

कोभिड–१९ महामारी फैलिएपछि अमेरिकामा विदेशी कुकुरका ब्यापक माग बढेको थियो । कोभिड–१९ महामारी फैलिएपछि कुकुरलाई भ्याक्सिन लगाउने कुरा कम प्राथमिकतामा परेको थियो ।

नेपालमा तालिम प्राप्त कुकुर
नेपाल प्रहरीले संयुक्त राज्य अमेरिकाबाट तीक्ष्ण सुँघ्ने क्षमता भएका कुकुरहरु केही वर्षअघि नेपाल ल्याएको थियो । ‘ब्लडहाउन्ड’, जर्मन सेफर्ड, ल्याब्रडोर, गोल्डेन रिट्रिभर, कोकोर स्पानियल र ‘बेल्जियन सेफर्ड’ लगायतका कुकुर विभिन्न मुलुकबाट नेपाल ल्याइएको थियो।

हाल नेपाल प्रहरीसँग अपराध अनुसन्धान लगायत अन्य सुरक्षा गतिविधिमा मद्दत गर्न ७१ वटा तालिम प्राप्त कुकुरहरु रहेका छन् । उक्त प्रजातिको एउटा कुकुरको खरिद मूल्य झण्डै १५ सय डलर पर्ने गर्छ । नेपाल प्रहरीमा विक्रम सम्वत २०२६ सालबाट कुकुरहरु प्रयोगमा ल्याइएपनि २०३२ सालमा कानुनी रुपमा कुकुर शाखा खुलेको थियो ।

त्यसक्रममा मलेसिया तालिम लिन गएका प्रहरीहरुले ल्याएका चारवटा कुकुरहरुलाई सर्वप्रथम अपराध अनुसन्धानमा प्रयोग गरिएको थियो । नेपाली सेनाका अनुसार सैनिक कुकुर रहेको भैरव वाहन गुल्म १ सय ३६ वर्ष पुरानो इतिहाससँग जोडिन्छ । तत्कालीन राजा पृथ्वी वीर विक्रम शाहदेवका पालामा यो गुल्म स्थापना भएको हो ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !