इजरायली सेनाद्वारा गाजा क्षेत्रमा फेरी हवाई आक्रमण

प्यालेष्टिन र इजरायलबीच भएको सम्झौता भंग ?

आजभोलि

काठमाडौं । इजरायली वायु सेनाले गाजा स्ट्रिपका निशानाहरूमा हवाई आक्रमण गरेको छ । प्यालेस्टिनी सुरक्षा फौज, प्रत्यक्षदर्शीले दिएका विवरणको इजरेली सेनाले पुष्टि गरेका छन् । इजरायलले हमासले मङ्गलबार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर दक्षिण इजरेलमा पठाएको भन्दै त्यसको जवाफमा कारबाही गरिएको उल्लेख गरेको छ ।

हमासको एउटा रेडियो स्टेसनले एउटा तालिम केन्द्र पनि निशानामा परेको जनाएको छ । उक्त उग्रवादी समूहले जेरुसलेममा भएका प्रदर्शनका कारण मङ्गलवारलाई ’आक्रोशको दिन’ भनेको थियो । इजरायलको अग्नी सेवाले यसअघि गाजाबाट पठाइएका आगलागी गराउने क्षमताका बेलुनहरूका कारण दक्षिणी इजरेल कम्तीमा २० वटा आगलागी भएका उल्लेख गरेको थियो ।

पूर्वी जेरूसलेममा इजरायली राष्ट्रवादीहरूले मङ्गलवार गरेको ¥यालीको विरोधमा कदम चाल्ने पनि चेतावनी दिएको थियो । उक्त ¥याली सन् १९६७ मा इजरेलले पूर्वी जेरुसलेम कब्जा गरेको सन्दर्भमा आयोजना गरिएको थियो । मे महिनाको प्रारम्भमा नै आयोजना गर्ने योजना बनाइएको भएपनि प्रहरीले अनुमति नदिएपछि र हमासको चेतावनी आएपछि केही ढिला भएको थियो ।

इजरायली प्रहरीसँगको झडपमा ३० भन्दा बढी घाइते भएका छन् भने १७ जना गिरफ्तार भएका छन् । ¥यालीअघि स्थानीय सञ्चारमाध्यमले इजरेलको सेनालाई उच्च सतर्कतामा राखिएको जनाएका थिए । त्यसबाहेक प्यालेस्टाइनबाट हुने सम्भावित रकेट हमलालाई लक्षित गर्दै इजरेलको आरन डोम मिसाइल प्रणालीलाई पनि सक्रिय तुल्याइएको भनिएको थियो ।

बुधवार सबेरै गाजामा विस्फोटनका आवाजहरू सुनिएका थिए । यसअघि आगलागी गराउने क्षमता भएका बेलुन बम पनि भनिने कैयौँ बेलुनहरू गाजाबाट मङ्गलवार इजरेलतर्फ पठाइएका थिए । दुवै पक्ष मे २१ मा लडाइँ अन्त्य गर्दै युद्धविराम गर्न सहमत भएयताको यो सबैभन्दा ठूलो तनाव हो ।

एउटा विज्ञप्तिमा इजरेली डिफेन्स फोर्सले हमासको खान युनिस र गाजा सिटीमा रहेका सैन्य हाताहरूमा उसका लडाकु जेटहरूले आक्रमण गरेको उल्लेख गरेको छ । ती परिसरमा ’आतङ्कवादी गतिविधि’ भएको भन्दै उसले आइडिएफ निरन्तर गाजा स्ट्रिपबाट भएका त्यस्ता कार्य रोक्न ’सबै परिस्थितिका लागि तयार’ रहेको उल्लेख गरिएको छ ।

हवाई आक्रमणहरूले गराएको हताहातीबारे प्रष्ट भइसकेको छैन । तर गाजामा रहेका बीबीसी संवाददाताले सामाजिक सञ्जालमा उक्त भूभागमा इजरेली ड्रोनहरूको आवाज सुनिएको उल्लेख गर्दै भिडिओ राखेका छन् ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !