जेनेभा समिटमा किन देखिएनन् बाइडन र पुटिन एकै मञ्चमा

गत मार्चमा बाइडले पुटिनलाई हत्याराको आरोप लगाएका थिए

आजभोलि

काठमाडौं । विश्वको राजनीतिमा एक–अर्कामा कट्टर प्रतिद्वन्द्वी ठानिएका अमेरिका र रूसका राष्ट्रपतिबीच असार २ गते बुधवार जेनेभा समिटमा भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्ष भ्लादिमीर पुटिनबीच जेनेभा समिटमा हात मिलाएको तस्विर सार्वजनिक भएको थियो । उनीहरुबीच सम्बाद भएको हो ।

तर आज हुने भनिएको पत्रकार सम्मेलनमा दुई राष्ट्रपति जो बाइडन र भ्लादिमिर पुटिन एकै मञ्चमा देखा पर्ने छैनन् । किन भने रुसी राष्ट्रपति पुटिनले अमेरिकाको आलोचना गर्ने भयले अमेरिकी राष्ट्रपति जो बाइडन एकै मञ्चमा देखा नपरेका हुन् ।

यसअघि २०१८ मा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फिनल्याण्डको राजधानी हेलासिन्कीमा भएको भेटवार्तापछि आयोजना गरिएको पत्रकार सम्मेलनमा दुबै राष्ट्रपति एउटै मञ्चमा देखा परेका थिए ।  पत्रकार सम्मेलनमा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले पुटिनको प्रशंसा गरेका थिए भने रुसी राष्ट्रपति पुटिनले अमेरिकालगायत पश्चिमा राष्ट्रहरुको आलोचना गरेका थिए ।

त्यसैको भयमा एकै मञ्च अमेरिकी राष्ट्रपति जो बाइडन देखा पर्न नचाहेका हुन् । अमेरिकी चुनावमा रूसको हस्तक्षेपकारी भूमिका देखिएको जो बाइडनको आरोप थियो । तर अमेरिका र रुसका राष्ट्रपतिहरूले जिनेभा समिटमा भएको उनीहरूको वार्तामा दुबै नेताले एक अर्काको प्रशंसा गरेका थिए ।

तर सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न नसकेको बताइन्छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाइडन अनुभवी राजनेता भएको उल्लेख गर्दे दुवैले ’समान धारणा’ राखेको बताएका छन् । रुसी राष्ट्रपति पुटिनले आफ्ना  प्रतिश्पर्धी नेतालाई हालै जेल पठाएका छन् भने छिमेकी मुलुक युक्रेनविरुद्ध जोखिमयुक्त कदम चालेका छन् ।

यो विषय अमेरिकी राष्ट्रपति बाइडनले पुटिनसँग राख्ने छन् । अमेरिकाले पुटिनको ब्यापक आलोचना गरेपछि रुसले अमेरिकाका लागि रुसी राजदूतलाई फिर्ता बोलाएको थियो । साइबर सुरक्षा, युक्रेन र हाल अढाई वर्षको जेल सजाय काटिरहेका विपक्षी नेता एलेक्से नभाल्नीको भविष्य जस्ता विषयमा सहमति भएका कुनै सङ्केत देखिएनन् ।

नभाल्नीको जेलमा ज्यान गए त्यसले रुसका लागि ’भयावह परिणाम’ निम्त्याउने बाइडनले चेतावनी दिए । हालै २४ दिन भोक हडतालमा बसेका नभाल्नीका बारेमा अमेरिकी सरोकार खारेज गर्दै पुटिनले उनले कानुन मिचेको र जेल सजाय हुने आफू स्वयंलाई थाहा भएको बता केही समय पहिले जर्मनीमा उपचार गराएर रुस फर्किएका नभाल्नीले आफूलाई पुटिनको आदेशमा स्नायु प्रणालीमा असर गर्ने विष दिइएको बताउने गरेका छन्।

त्यसलाई रुसी राष्ट्रपतिले अस्वीकार गर्दै आएका छन् । गत मार्चमा दिएको अन्तरवार्ता अमेरिकी राष्ट्रपति बाइडनले पुटिनलाई हत्याराको संज्ञा दिएका थिए । पुटिनले जवाफ फर्काउँदै भनेका थिए– पश्चिमा मुलुकहरुले मलाई विभिन्न आरोप लगाई रहेका हुन्छन्, त्यसकारण मलाई उनको भनाईले केही फरक पार्दैन ।

यद्यपी यी दुई नेताबीच ४ घण्टासम्म विभिन्न विषयमा छलफल हुने अनुमान गरिएको छ । बुधबार मध्यन्नपछि आएका राष्ट्रपति पुटिन जेनेभा समिटमा भाग लिन आएका हुन् । भ्लादिमिर पुटिनका सल्लाहकार यूरी उशाकोभ जेनेभा समिटले कुनै राम्रो सन्देश दिन नसक्ने बताएका छन् ।

र, रुसी नेताका लागि बाइडनले आफूलाई मनपर्ने एभिएटर चस्मा उपहार स्वरूप लिएर आएका थिए । पुटिनले बाइडनलाई उपहार दिए वा दिएनन् प्रस्ट भइसकेको छैन । सन् २०१८ मा हेलसिन्कीमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्दा उनले फुटबल उपहार दिएका थिए । दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएका छन् ।

सन् २०२० को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुवै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए । रुसले आफ्नो भूमिमा अस्थिरता नचाहेको उल्लेख गर्दै पत्रकार सम्मेलनमा पुटिनले रुस परमाणु शक्ति भएको बारम्बार दोहो¥याएका थिए ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !